महिलालाई पोर्नले बिरामी बनाउने
आफ्नी महिलालाई पार्न फिल्म र उत्तेजक तस्बिरहरु हेर्न बाध्य नतुलाउनुहोस् किनभने यसले उनलार्ई बिरामी बनाउँछ, एक डच अध्ययनले बतायो । सन्दर्भभन्दा बाहिर रहेर पोर्न हेर्न महिलालाई कर गरिन्छ भने उनको शरिरले तत्काल रक्षात्मक ढङ्ग अपनाउँछ जसले गर्दा उनलाई वाकवाकी लाग्ने हुन्छ, उक्त सोधले थप्यो ।
‘यदि तपाईंले कुनै घिनलाग्दो खानेकुरा देख्नुभयो भने त्यसको बास्नाले नै तपाईंलाई वाकवाकी लाग्लाजस्तो महसुस गराउँछ, हो, यो पनि त्यहि घिनलाग्दो खानेकुरा देखेकोजस्तै हो, ’ग्रोनिन्जेन युनिभर्सिटी नेदरल्यान्डकी चार्माइन बोर्गले बताइन् ।
यो तथ्यका लागि अनुसन्धानकर्ताहरुले स्नायुको प्रतिक्रिया थाहा पाउन विभिन्न तस्बिरहरु देखाई २० जना स्वस्थ महिलाको एमआरआई गरे । ‘यौनसँग सम्बन्धित तस्बिरहरु हेरिसकेपछि दिमागमा एक प्रकारको ओभरल्याप देखाइयो जसले वाकवाकीको समस्या निम्त्याउने गर्दछ,’ अध्ययनमा संलग्न अनुसन्धानकर्ताहरुले बताए । पुरुषको तुलनामा महिलाहरु यौनसँगको संक्रमणमा बढि संवेदनशील हुने भएकाले यस्तो प्रतिक्रिया आएको ब्रिटिश पत्रिका इन्डिपेन्डेन्टले बतायो ।(एजेन्सी)

