थाहा छ ? केटालाई आकर्षित गर्न यसो गर्छन् केटीहरु
एजेन्सी । सामान्यतया केटीहरुलाई आफूतर्फ आकर्षित गर्नको लागि केटाहरु अनेक फण्डा गर्न पछि पर्दैनन्, तर ‘साइकोलोजिकल ब्ल्याकमेलिङ’ गर्न भने केटीहरु पनि उत्तिकै खप्पिस हुने गरेको एक अध्ययनले देखाएको छ । उनीहरु ‘साइकोलोजिकल ब्ल्याकमेलिङ’ गर्दै केटाहरुलाई आफूतर्फ आकर्षित गर्न केही यस्ता व्यवहार देखाउँछन्, जुन सामान्य तवरले बुझ्न गाह्रो पर्छ । रिसर्चका अनुसार महिलाहरु आफ्नो आँखा तथा शरीरका अन्य विभिन्न अंगको हाउभाउले धेरै कुरा व्यक्त गर्छन्, तर त्यसलाई बुझ्न तपाईंमा विशेष सुझवुझ आवश्यक पर्छ । युवतीहरु आफूतर्फ ध्यान तान्नका लागि केही यस्ता तरिका अपनाउँछन्, जुन कसैलाई पत्तो पनि नचलोस् र
१. बारम्बार हेरेर मुस्कुराउने, तर आँखा जुधेपछि नजर अन्त मोड्ने ।
२. कसैलाई जानीजानी इग्नोर गर्न खोज्नु । कोही व्यक्ति आफूतर्फ आइरहेको छ भने, जानबुझ नै अर्कोतर्फ हेर्ने कोशिश गर्नु ।
३. मानिसहरुको बीचमा हुँदा बारम्बार आफ्नो कपाललाई मिलाइरहनु । कपाललाई मुहारतिर झार्ने र फेरी माथि लैजानेजस्ता गतिविधि बारम्बार दोहोर्याउनु ।
४. आफ्नो कपडाको कुनै हिंस्सालाई बारम्बार मिलाउने कोशिस गरिरहनु, चाहे नबिग्रिएको नै किन नहोस् ।
५. कुराकानीका समयमा जानीजानी कसैको शरीरमा टाउको अड्याउने तथा हात समाउने कोशिश गर्नु ।
६.कुनै कारण नै नहुँदा पनि कसैको तारिफ गर्ने बहाना खोज्नु । तर, यी सबै व्यवहारहरु केटालाई आकर्षित गर्नका लागि मात्रै गर्छन् भन्ने त छैन । कतिपय समयमा बाध्यता र अजानमा पनि यस्तो व्यवहार देखाउन सक्छन् । कुन कुरा जानीजानी गरेको र कुन अजानमा गरेको त्यो भने तपाईं स्वयम्ले नै छुट्याउनु पर्छ ।www.businesssansar.com

