मोदीले सोल्टीमा मुख्य तीन दललाई भने, झगडा नगर, मिलेर चाँडै संविधान ल्याऊ

काठमाडौं : मंगलबार अपरान्ह काठमाडौं आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी केही औपचारिक कार्यक्रमपछि राजनीतिक भेटघाटमा व्यस्त भएका छन्।

मोदीले सोल्टी होटेलमा विभिन्न दलका नेताहरुसँग भेटवार्ता गरिरहेका छन्। नेपाली कांग्रेस, एमाले , एमाओवादी नेतृत्व मोदीसँगको भेटवार्ताका लागि सोल्टीमा पुगेका छन् । राजनीतिक भेटघाट अघि मोदीले राष्ट्रपति डा.रामवरण यादवसँग पनि भेटवार्ता गरेका थिए। मोदीले राजनीतिक नेतृत्वसँगको भेटमा तोकिएकै समयमा संविधान जारी गर्न सुझाव दिएका छन्। मोदीसँगको भेटका लागि कांग्रेसबाट पार्टी सभापति रहेका प्रधानमन्त्री सुशील कोइरालासहितको टोली, एमालेबाट अध्यक्ष केपी शर्मा ओलीसहितको टोली र एमाओवादीबाट पुष्पकमल दाहाल (प्रचण्ड)सहितको टोली सोल्टी पुगेको थियो।

स्रोतका अनुसार समय घर्किसकेकोले विवाद र द्वन्द्व नगरीकन सहमतिका आधारमा संविधान ल्याउन उनले नेतृत्वलाई दबाबयुक्त आग्रह पनि गरेका छन्। समयमा संविधान आएपछि मात्र नेपालमा स्थायित्व हुने र त्यसले नेपालका लागि समृद्धिको नयाँ ढोका खुल्ने विश्वास व्यक्त गरेका छन्। उनले दलीय स्वार्थ र अडानबाट माथि उठेर जनताको सपना र आंकक्षा समेटिने लोकतान्त्रिक संविधान बनाउन दलहरुलाई आग्रह गरेका छन् ।annapurnapost.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस