भारतीय अर्बपतिमाथि गोली प्रहार

मुम्बई, मंसिर ३ – भारतीय एकजना अर्बपति व्यावसायीमाथि बुधबार एक अज्ञात व्यक्तिले गोली प्रहार गरेको समाचार छ । भारतको एक ठूलो औषधि कम्पनी औरोबिन्दो फर्माका उपाध्यक्षमाथि सो हमला भएको बताइएको छ । तर उनले गोली छल्नुभएको र त्यसपछि आक्रमणकारी पनि भागेको प्रहरीले जनाएको छ । हैदरावादको बन्जरा हिलमा उनको निवासबाहिर नै उनीमाथि गोली चलाइएको थियो । सो स्थानमा भारतका उद्योगी व्यवसायी एवम् धनाढ्य व्यक्ति बस्ने गर्दछन् ।


उक्त फर्माका निर्देशक तथा उपाध्यक्ष के नित्यानन्द रेड्डीमाथि गोली चलाइएको प्रहरीले जनाएको छ । बिहान आफ्नै निवासअघि कार चढ्ने क्रममा ५६ वर्षीय रेड्डीमाथि गोली हानिएको थियो । आक्रमणकारीले घटनास्थलमै एके ४७ राइफल छोडेर भागेको बताइएको छ । रेड्डी भारतीय वरिष्ठ उद्योगीको सूचीमा पर्छन् । Ratopati.com बाटसाभार

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस