मैनबत्ती बालेर अन्डरग्राउन्ड ट्यांकीमा पानी हेर्दा विस्फोट, एकको मृत्यु
काठमाडौं : घर भित्र पानी स्टोर गर्न अण्डरग्राण्ड ट्यांकी राख्दै हुनुहुन्छ भने साबधान ! त्यस्ता ट्यांकीहरूमा ज्यानै लिने ग्याँस हुनसक्छन्। ललितपुरको बालकुमारीमा एउटा दर्दनाक घटना भएको छ। नुवाकोटको रालुकी ज्ञानु विकले अण्डरग्राउण्ड ट्यांकीको पानी हेर्न मैनबत्ती बालेर जाँदा ट्यांकी भित्रको ग्यासमा आगो लागेपछी ज्यान गुमाउनुपरेको छ ।
बिहिबार राती आठ बजेको यो घटनामा विष्फोटको आवाजसहित ट्यांकी पड्कीएको थियो। पहुना आएका नुवाकोट खरानीटारकी रमा सुनार, पर्सा बुधनगरकी उषा दर्लामीसँगै मैतबत्ति बालेर ज्ञानु ट्यांकीको पानी हेर्न पुगेकी थिईन्।
मैनबत्ती बालेर हेर्दा एकैपटक विष्फोट सहित आगो बलेर ज्ञानु घाईते भएकी थिईन्। अचेत भएकी ज्ञानु ट्यांकीमै खसेपछि प्रहरी घटनास्थलमा पुगेको थियो।
डिएसपी गिरीले अण्डरग्राउण्ड ट्यांकीभित्र भरिएको कार्बनमनोअक्साईड ग्यासमा मैतबत्तीको आगो सल्केपछि घटना भएको आशंका गरेका छन्। 'हामीले विज्ञ लगाएर हेर्दैछौं, घटनाबारे थप अनुसन्धान भईरहेको छ, उनले भने। annapurna post

