गाविसका सबै कर्मचारीविरुद्ध अख्तियारको मुद्दा
इटहरी : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पूर्वाञ्चल क्षेत्रिय कार्यालय इटहरीले सप्तरीको छिन्नमस्ता गाविसका सचिव ताहिर हुसेनसहित सातजना विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरेको छ ।
अख्तियारले चिव हुसेनसहितका कर्मचारीले गाविसको विभिन्न शिर्षकको रकममा भष्ट्रचार गरेको ठहर गर्दै अख्तियारले अदालतमा मुद्धा दर्ता गरेको हो ।
गाविसको सामाजिक सुरक्षा, दलित पोषण कार्यक्रम, विद्युत ट्रन्सफर्मर र निर्माण शिर्षकको १५ लाख ९९ हजार ८ सय ५० रुपैया भष्ट्रचार गरेको ठहर गर्दै विगोसहितको रकम असुली दोषीविरुद्ध कारबाही माग गर्दै मुद्धा दर्ता गरेको हो ।
छिन्नमस्ता गाविसमा सरकारले उपलब्ध गराएको रकम खर्च नगरी कर्मचारीले मिलेर खाई अख्तियारको दुरुपयोग गरेको देखिएपछि उनीहरु विरुद्ध विशेष अदालतमा मुद्धा दर्ता गरिएको बस्नेतले बताए ।
सप्तरीका स्थानीय निकायमा गाविस सचिवले भष्ट्रचार गरी विकास नै प्रभावित बनाएको भन्दै स्थानियवले अख्तियारमा उजुरी दिए थिए । यसअघि भष्ट्रचार गरेको दावीसहित अख्तियारले सप्तरीकै गोबरगाडा गाविसका तत्कालीन सचिव नन्दकिशोर यादव, पिपरा र कञ्चनपुर गाविसका तत्कालीन सचिव प्रेम पुरी, ब्रम्हपुर गाविसका सचिव देबनारायण साह, प्राविधिक हसंराज यादव, खरिदार धर्मराज यादव, मुखिया रामसेवक मण्डल विरुद्ध पनि मुद्धा दर्ता गरेको थियो ।
अख्तियारले पूर्वका विभिन्न जिल्लामा भएका भ्रष्टचारका एक हजार ४ सय ७५ उजुरीको छानविन गरी एक सय २५ उठा फाइल तामेलीका लागि केन्द्रिय कार्यायमा पठाएको छ । केही दिनभित्रै ३ सय उजुरीको फच्र्यौट गरिने बस्नेतले बताए ।annapurnapost

