युवतीहरूले तिघ्राको भुत्ला देखाउन थालेपछि
सुडौल जिउ, सलक्क परेका रौँ वीहिन तिघ्रा, आँखिभौँ समेत खौरिएर धर्सो मात्र राखिएका तथा कपाल बाहेक अन्य भागका भुत्ला सर्लक्कै फ्याँकिएका युवतीहरु आधुनिक सभ्य सुन्दरीको कोटीमा पर्छन् ।
त्यसैले जवानी चढ्न थाल्दा नथाल्दै युवतीहरु वाक्सिङ र सेभिङको चक्करमा लाग्छन, कुनै बेला वाक्सिङ नगरिएका तिघ्रा देखाउनुपर्यो भने बिपत्ति नै आइपरेझैं ठान्छन् ।तर, यो बनाबटी सुन्दरताको मान्यतालाई धक्का दिँदै अहिले सामाजिक सञ्जालमा भुत्ले तिघ्राधारीहरुको समूह नै निर्माण भएको छ ।
सोसल साइट थम्बलरमा ‘हेयरीलेग्स क्लब’ अर्थात् भुत्लेतिघ्राधारी क्लब नामक ब्लग नै निर्माण भएको छ । यो ब्लगले अहिले सोसल मिडियामा एक प्रकारको आाधी नै सिर्जना गरेको छ जसले महिलाहरुलाई आफ्ना भुत्लायुक्त तिघ्राका तस्वीर पोष्ट गर्दै सकारात्मक टिप्पणी समेत प्रेषित गर्न उत्प्रेरित गरेको छ ।ब्लगमा अहिलेसम्म सयौा युवतीहरुले सकारात्मक टिप्पणीका साथमा आफ्ना भुत्ले तिघ्राका तस्वीर समेत पठाइसकेका छन् । सरीरमा अलिक बढि भुत्ला भएका युवतीहरुले यो ब्लगलाई आफ्नै ठान्दै एक अवसरका रुपमा उपयोग गरिरहेका छन् र संचारमाध्यममा भुत्ला वीहिनतालाई सुन्दरता ठानिने संस्कारलाई चुनौति दिइरहेका छन् ।
एकजना बेनामी ब्लगर लेख्छिन्, ‘मलाई यो वेबसाइट मन पर्यो । म १० वर्षको हुादा देखि नै मेरो खुट्टाका झपक्क रौा देखेर मलाई लाज लाग्थ्यो । अन्ततः केही वर्ष अगाडिबाट मैले हीनताबोध छाडेर भुत्ले खुट्टाको यथार्थता स्विकारेा । अरुले केलाई सुन्दरता ठान्छन् भन्ने कुरालाई हामीले स्विकार गर्नुहुादैन । हामीले हाम्रो सत्य प्रकृति तथा सत्य सुन्दरतालाई स्विकार गर्नैपर्छ ।’अर्की ब्लगरले घोषणा गरिन्, ‘मेरा भुत्ले खुट्टा छन् । इमान्दार भएर भन्नुपर्दा मैले पहिले भन्दा अहिले आफुलाई सााच्चीकै महिला भएको अनुभुत गरेकी छु ।’
यो अभियानले महिलाको प्राकृतिक सुन्दरता तथा सरीरप्रति गर्वानुभूति गराउने अन्य विभिन्न खाले प्रयासलाई समेत प्रवर्द्धन गर्न सहयोग पूराएको छ । ब्लगर सराह द्वारा थम्बलरमा सुरु गरेको भेरी हेयरी लेग्स ब्लग जसले महिलाहरुलाई आफ्नो प्राकृतिक सुन्दरताप्रति सन्तुष्ट बनाउने उद्देश्य राखेको छ, त्यसप्रति पनि धेरैले रुची देखाएका छन् । सराह भन्छिन्, ‘यो ब्लग थुप्रै भुत्ला भएका खुट्टाधारी महिलाहरुप्रति समर्पित छ । आउनुहोस् हाम्रा तिघ्रालाई च्याम्पियन बनाऔा ।’
आफ्नो खुट्टा तथा सरीरका अन्य भागमा धेरै रौं भएकै कारण अपमानित महसुस गर्ने, आफुलाई कुरुप सम्भिmने, समाज सामु खुल्न नसक्ने तथा हीनताबोधका कारण सधै पछाडि परिरहने महिलामा आत्मविश्वास जगाउनका लागि यस्तो खाले सोसल मिडिया अभियान प्रभावकारी भएको यसमा आएका विभिन्न खाले टिप्पणी तथा प्रतिक्रिया र तस्वीरले समेत देखाउाछन् ।ब्लगमा मात्र होइन फेसबुकमा पनि भुत्ले तिघ्रालाई प्रवर्धन गर्ने खालको ग्रुप गठन भैसकेको छ । ओमेन अगेन्स्ट नन इसेन्सियल ग्रुमिङ नामको फेसबुक ग्रुप समेत निकै लोकपि्रय बन्दै गएको छ । यो फेसबुक ग्रुपमा लेखिएको छ ‘यो यस्ता महिलाहरुको लागि सहयोगी बहस थलो हो जसले कथित आकर्षक, कामूक तथा सम्मानित महिला हुनका लागि बनाइएका लैंगिक सौन्दर्य मापदण्ड जस्तै सरीरका रौा खौीरने तथा सौन्दर्य प्रसाधनका सामान प्रयोग गर्नुपर्ने मान्यताको विरोध गर्छन् ।’
महिलाको प्राकृतिक सुन्दरता सम्बन्धि अभियान पछिल्लो समयमा लोकपि्रय बन्दै गएको उदाहरण हो बेलायतको नो मेकअप सेल्फी क्रेज । जसले यो वर्ष ८० लाख पाउण्ड पैसा जम्मा गर्न सफल भयो । यसमा मेकअप नगरिकनै युवतीहरुलाई सेल्फी खिचेर इन्टरनेटमा अपलोड गर्न उत्प्रेरित गरिन्थ्यो र त्यसबाट प्राप्त रकम क्यान्सर अनुसन्धान संस्थालाई सहयोग गरियो ।
हेयरी लेग्स क्लब नामक थम्बलर ब्लगमा धेरैले आफु दिनप्रतिदिन आत्मविश्वासी बन्दै गएको बताएका छन् । एकजना युवती लेख्छिन्, ‘मैले केही हप्ताअघि मात्र यो वेबसाइट हेरेँ । यसले सााच्ची मेरो दिमाग नै परिवर्तन गरिदियो सहि बाटोमा । मलाई मेरो भुत्ले सरीरदेखि लाज लाग्थ्यो तर यो वेबसाइटमा मैले मेरो भन्दा पनि बढि भुत्ला भएका युवतीहरु देखेा, जसले गर्वसाथ आफ्ना भुत्ले तिघ्रा देखाइरहेका छन् ।’
महिलाको सुन्दरताको आधुनिक कृत्रिम मानकलाई चुनौति दिादै इन्टरनेटमार्फत प्राकृतिक सुन्दरता तथा सरीरप्रति गर्वानुभुति गराउने खालका अभियान चर्चित त बनेका छन् । यसले महिलाहरु प्राकृतिक रुपमै वास्तवमा कस्तो देखिन्छन् भन्ने यथार्थ झलक प्रदान गरेको मात्र छैन सुन्दरताप्रतिको हाम्रो दृष्टिकोणमा समेत परिवर्तन गरिदिएको छ । यसले महिलाहरुमा आफ्नो सरीर तथा प्राकृतिक सुन्दरताप्रति बढि आत्मविश्वासी बनाउने मात्र नभै ससक्तिकरण र प्रगतिमा समेत सघाउ पूराउने अपेक्षा गरिएको छ ।

