चलचित्र झोला अस्कर अवार्डका लागि छनोट

सफल सिनेमा ‘झोला’ अस्कर अवार्डका लागि छानिएको छ । विदेशीभाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिती-नेपालले यो चलचित्रलाई अस्करका लागि छनोट गरेको हो ।


 द एकेडेमी अफ मोशन पिक्चर आर्टस एण्ड साइन्सेसद्धारा सन् २०१५ फेब्रुअरी २२ तारिखका दिन संयुक्त राज्य अमेरिकाको लस एन्जल्समा आयोजना हुने ८७ औं एकेडेमी अवार्ड-अस्कर अवार्ड) का लागि ‘झोला’लाई पठाउने निर्णय गरिएको हो । चलचित्र ‘मोक्ष’ र ‘झोला’ प्रतिस्पर्धामा थिए ।

यादव भट्टराइले निर्देशन गरेको यो चलचित्रले विभिन्न अन्तरराष्ट्रिय अवार्ड जितिसकेको छ । अनलाइन खबर

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस