बाबुले आफ्नो छोरीलाई बलात्कार गरेपछि

 काभ्रे, भाद्र १० । छोरीलाई बलात्कार गरेको अभियोगमा काभ्रेपलाञ्चोकको पनौति नगरपालिका वडा नम्बर २ का प्रकाश कार्की लाई प्रहरीले पक्राउ गरेको छ ।


छोरीको उजुरीका आधारमा पक्राउ गरी जिल्ला अदालतको अनुमतिमा अभियुक्तलाई लागेको आरोपका सम्बन्धमा छानविन जारी रहेको जिल्ला प्रहरी प्रमुख अरुण विसीले जानकारी दिए ।

युवतीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा आफ्नो बाबुलाई बलत्कारको आरोपसहित उजुरी दिएका आधारमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको हो ।

उजुरीकर्ताले बाबुको यौन शोषणका कारण आत्महत्याको प्रयास समेत गरेकी थिइन । पिडीत युवतीलाई रक्षा नेपालले संरक्षण दिईरहेको छ । टपटेनखबरसाइट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस