दिल्लीमा १९ वर्षीया नेपाली किशोरीलार्इ सामूहिक बलात्कार

नयाँदिल्‍ली: भारतको नयाँ दिल्‍लीमा एक नेपाली किशोरी सामूहिक बलात्कारको सिकार भएकी छन्। काठमाडौं घर भएकी १९ वर्षीय नेपाली किशोरीलाई ६ जना ग्‍याङ रेप समूहले बलात्‍कार गरेको समाचार भारतीय सञ्‍चार माध्‍यमले जनाएको छ।


नेपाली युवतीलाई भारतको दक्षिणमा पर्ने दिल्लीस्थित मेहरौली होटलमा जागिरको सिलसिलामा अन्तर्वार्ता लिने बहानामा बोलाएर बलात्कार गरको भारतीय पत्रकारले आफ्नो ट्विटमा लेखेका छन्।भारतीय समाचार संस्था जिन्‍युजका अनुसार नेपाली किशोरीलाई जागिर दिने बहानामा होटेलमा अन्‍तरवार्ताका लागि बोलाइएको थियो। होटेलमा अन्‍तर्वार्ताका लागि पुगेकी नेपाली युवती ६ जना भारतीय ग्‍याङको बलात्कारको सिकार बनिन्।

होटेलमा पुग्‍दा अन्‍तरवार्तामा बोलाएकाहरु मदिरा पिइरहेको र आफूलाई समेत जबरजस्ती पिउन लगाएर यौन दुर्व्यवहार गरेको बताएकी छन्। उनले ग्याङ रेप गर्ने ६ जनाको समूह विरुद्ध प्रहरीमा यौन दुर्व्यवहारको उजुरी दर्ता गरेकी छन्।

यता, डाक्‍टरको परीक्षणमा युवतीमाथि सामूहिक बलात्कार भएको पुष्टि भएको छ।
जिन्‍युजका अनुसार सन २०१३मा दिल्‍लीमा करीब १६ सय बलात्कारका घटना घटिसकेको रिपोर्टमा उल्‍लेख गरिएको छ। -एजेन्‍सी / अन्नपूर्ण पोस्ट

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस