को हुन यी पाकिस्तानी नाइके नेपाली कारागारमा

काठमाडौ, साउन ७ – नेपाली कारागारमा विदेशी नाइके रहेको छ भनि समाचार पढ्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ तर यहाँ यस्तै भएको छ । जाली नोटको कारोवारमा समातिएका पाकिस्तानी नागरिक शेखर सौफ अहमद हाल पर्सा कारागारका नाइके बनेका छन् । राजधानीमा रहेका अहमद पर्सा जेलमा कसरी सारिए र किन सारिए यसको पनि ठुलै रहस्य रातोपाटीले फेला पारेको छ ।


राजधानीमा नक्कली भारतीय नोट कारोवारमा समातिएका अहमदलाई नख्खु जेलमा राखिएको थियो तर अहमदले आफ्नो पहुँचको आधारमा पर्सा कारागारमा सरुवा गराएर त्यसको भोलीपल्टदेखि नै त्यहाँको नाइके भए । केन्द्रीय कारागार महाशाखा स्रोतका अनुसार अहमदलाई सरुवा गर्नमा महाशाखाका तत्कालिन महानिर्देशक शम्भु कोईलाराले सहयोग गरेका थिए । त्यस बापत् उनले अहमदबाट सातलाख रुपैयाँ लिएको पनि स्रोतको दाबी छ । कोइरालाले अहमदको सरुवा गर्ने वित्तिकै उनी आफ्नो सरुवा पनि मध्य क्षेत्रीय प्रशासन कार्यालय सरुवा गराएको स्रोत बताउँछ । भारतीय नोट कारोवारको नाका मानिएका वीरगञ्जमा सोही कारोवारलाई निरन्तरता दिन त्यहाँ सारिएको स्रोतका दावी छ ।

नाइके भएका कारणले निर्धक्क रुपमा घुमफिर गर्न मिल्ने भएका कारणले त्यहाँ वीरगञ्जमा आफ््नो कारोवारलाई अगाडि बढाएको छ । नक्कली कारोवार गरिरहेको आशंकामा पर्साका प्रहरीले अहमदसँग सोधपुछ समेत गरेको तर कुनै प्रमाण फेला नपरेको कारणले प्रहरीले तत्कालै कुनै कदम अगाडि नबढाएको प्रहरी स्रोतले जनाएको छ । प्रहरी स्रोतले नै भने, ‘अहमद पाकिस्तानी भएपनि उनका छोरा नाहिर बसिर नेपाली नागरिक हुन् अर्थात् उनीसँग नेपाली नागरिकता छ । आफ्नो बुवाको कारोवारलाई नेपालमा सहयोग गर्दै आएका बसिरको दरबारमार्गमा सानदार कार्यालय छ । त्यो कार्यालयको कुनै नाम दिएको छैन, जबकि बसिर त्यहाँ नियमित जाने आउने गरेका छन् ।’ यस विषयमा कोइरालासँग सम्पर्क गर्दा उनको मोबाइल फोन उठ्न सकेन ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस