प्यालेस्टाइन समर्थक र इजरायली खेलाडी बीच कुटाकुट

८ असार, काठमाडौं । इजरायल र प्यालेस्टाइन द्वन्द्वको असर फुटबल मैदानमा समेत देखिएको छ । प्रिसिजन टुरका क्रममा अष्ट्रिया पुगेको इराजयली फुटबल क्लब मकाबी हाइफाका खेलाडी र प्यालेस्टाइन समर्थक मैदानमा भिडेका छन्


लिली र मकाम्बी हैफाबीचको मैत्रिपूर्ण खेल ८६ औं मिनेटमा चलिरहँदा प्यालेस्टायनी समर्थक मैदान प्रवेश गरेका थिए । प्याराफिटमा बस्दा समेत उनीहरुले स्वतन्त्र प्यालेस्टाइनको प्ले कार्ड बोकेका थिए ।
प्यालेस्टाइन झण्डासहित मैदान प्रवेश गरेका मसर्थनकहरुले मकाबी हाइफा का खेलाडीमाथि मुक्का र ताल बर्साएपछि केही खेलाडी मैदान छाडेर भागे भने केहीले प्रतिरोध गरे ।

मैदानमा मुक्का हानाहान भएपछि रेफ्रीले तत्काल खेल स्थगित गरेका थिए, जतिबेला लिली खेलमा २–० ले अगाडि थियो ।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस