जसमा लेख्दा पनि आँसु झर्ने नोटबुक

नोटबुक उत्पादन गर्ने कम्पनी म्यागनस फेरिउसले भर्खरै एउटा अचम्मका नयाँ उत्पादनलाई बजारमा ल्याएको छ । ‘ओनियन नोट’ नाम दिइएको उक्त नोटबुकमा तपाईंले जतिपटक लेख्नुहुन्छ त्यतिपटक नै तपाईंको आँखामा आँसु छचल्किनेछन् ।


तर यो वास्तविक प्याज जस्तो गन्हाउँदैन । उक्त ओनियन नोटको प्रत्येक पेजहरुमा प्याजको तेलमा पाइने एलिल प्रेपाइल कम्पाउन्ड मिश्रिण गरिएको हुन्छ जसले मानिसहरुको आँखामा आँसु ल्याउन मद्दत गर्दछ । तर उक्त तेलले काम गर्नका लागि तपाईंले यी नोटबुकका पानाहरुलाई काट्नु पर्दैन । लेख्दा जुन प्रकारको घस्रण हुन्छ, त्यसले उक्त नोटका पानाहरुमा मिश्रित कम्पाउन्डहरुलाई बाफ भएर उडाइदिन्छ जसले आँसु निकाल्ने ग्याँसलाई तपाईंको अनुहारसम्म पुर्याइदिन्छ ।

म्यागनस फेरिउस कम्पनीका कार्यकारी अध्यक्ष टोमस भन्छन्, ‘हामीले आफ्नो नोटबुकमा लेखेर थुप्रै समय व्यतित गरिसकेका छौँ तर यसबाट कहिले पनि भावनात्मक रुपले बहेनौँ । त्यसकारण नाटकिय रुपमा नोटहरु बनाउनका लागि हामीले एउटा क्रान्तिकारी उत्पादन बनाउने सोच राख्यौँ । यसका लागि प्याजबाहेक अरुले मद्दत गरेन ।’ उक्त नोटबुकमा विशेष प्रकारको कागजको प्रयोग गरिएको छ जसको मोटाई ०.०२४ मि.मि बाक्लो रहेको छ । ‘यो ओनियन नोटले सबै नोटबुकको रेकर्ड तोडेको छ, ’ उनले भने । ‘र हामी बाचा गछौँ कि यसले तपाईंमा एउटा भिन्न प्रकारको आभाष पैदा गराउँदछ ।’ (एजेन्सी)

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस