नेपाली मानवधिकारवादीहरूलाई इजरायलमा रहेका नेपालीहरुको चिठ्ठी
गत श्रावण ६ गते रातोपाटीमा “ इजरायली आक्रमणको विरोधमा नेपालमा धर्ना “ भन्ने शीर्षकको समाचार पढ्न पाइयो ।
उक्त समाचारमा भनिएको रहेछ (इजरायलले प्यालेस्टाइनीमाथि अमानविय ढंगले आक्रमण जारी राखेको हुनाले प्यालेस्टाइनी जनताको मानवअधिकारको रक्षाको लागि दवाव दिने उद्देश्यले पुल्चोकस्थित संयुक्त राष्ट्रसंघको कार्यालय नेपालमा श्रावन ८ गते बिहिवार लेखक, पत्रकार, अधिकारकर्मी लगायतको सहभागितामा धर्ना कार्यक्रम आयोजना गर्न लागिएको र पहिलो चरणको सो धर्ना कार्यक्रमपछि पनि आक्रमण जारी रहे नेपालस्थित इजरायली दूतावासमा समेत धर्ना बस्ने तयारी भएको कुरा थाहा पाउँदा नेपालका मानव अधिकारवादी प्रति गहिरो दुःख र खेद प्रकट गर्दै केही जिज्ञासा र प्रश्न सहित यो पंतिकार आफै हाल इजरायलमा रहेर प्यालेस्टाइनी हमास र इजरायल बीचचमा चर्किएको युद्द नजिकबाट नियाली रहेको हैसियतमा केही कुराहरु नलेखी रहन मनले मानेन ।
अहिले चर्किएको इजरायल र प्यालेस्टाइनको युद्धमा मानवताको नाताले मानवाधिकारको रक्षा गर्नु र अन्यायमा परेकालाई न्यायको लागि आवाज उठाउनु पक्कै पनि प्रशंशनिय र स्वागतयोग्य कुरा हो तर मानवाधिकारवादीको खोल ओढेर एकतर्फी रूपमा इजरायलले मात्र युद्ध अपराध गरेको देख्ने, बुढा बुढी,केटा केटी लगायत सर्वसाधारण नागरिकको हत्या गरेको देख्ने मानवअधिकारवादी नेपालीहरुले आफ्नो अन्धोपन हटाउनु जरुरी छ ।
कुनै बिदेशीले डलर दिने प्रलोभनमा यस्ता गतिविधि गर्न उक्साएको छ भने पनि कसैलाई काखा र कसैलाई पाखा लगाएर यसरी मानव अधिकारको खिल्ली उडाउनु पक्कै पनि न्यायोचित र शोभनीय हुँदैन । कसैको मनको लहडमा मानवाधिकारको नाममा गरिने यस्ता क्रियाकलापले इजरायल र नेपालबीचको मैत्री सम्वन्धमा पक्कै पनि धमिलोपन ल्याउने छ र रोजगारको लागि इजरायलमा रहेका नेपालीहरुलाई इजरायलीहरुले हेर्ने दृष्टिकोण र व्यबहार पनि भोलिका दिनमा फरक नपर्ला भन्न सकिन्न ।
इजरायलले एकलौटी रुपमा प्यालेस्टाइनी जनता माथि अन्याय गरेको केटाकेटी र सर्व साधारणमाथि गोली बर्साएको देख्नेहरुले प्यालेस्टाइनबाट हमासले अहिले सम्म १६/१७ सय रकेट बम प्रहार गरेको किन देख्दैनन् रु यदि प्यालेस्टिनले प्रहार गरेको रकेट बमहरु इजरायलले आकासमा नै ध्वस्त गर्न नसकेको भए इजरायली नागरिक र इजरायलमा रहेका हामी जस्ता विदेशी नागरिकहरुको अवस्था अहिले के हुन्थ्यो ? हमासले इजरायलको तीन जना बिध्यार्थीहरुलाई अपहरण गरी हत्या गरेर जंगलमा फाल्दा मानव अधिकारको हनन् भयो कि भएन रु अहिलेको युद्धको सुरुवात गर्ने इजरायल कि प्यालेस्टाइन ?
अन्तराष्ट्रिय रेडक्रस सोसाइटी र इजिप्टले गराएको युद्ध विरामलाई प्यालेस्टाइनले किन उलंघन गर्यो र इजरायल सरकारले स्वीकार्दा पनि युद्ध विराम गर्न किन मानेन रु इजरायलको बिरुद्धमा संयुक्त राष्ट्र संघ लगायत नेपालस्थित इजरायली राजदूतावासमा आवाज उठाउने तपाइहरु जस्ता मानवाधिकारवादीहरुले यी प्रश्नहरुको जवाफ दिनुपर्छ कि पर्दैन ? अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्न र इजरायललाई दोषी देखाउन स्कुले वालवालिका र सर्वसाधारण प्यालेस्टाइनी जनतालाई ढाल बनाएर हमासले इजरायललाई गरी रहेको आक्रमण नजर अन्दाज गरेर तपार्इंहरु इजरायललाई मात्र किन दोषि देख्नु हुन्छ ? के इजरायली जनताले बाँच्न पाउने र इजरायल सरकारले आफ्नो जनताको रक्षा गर्ने कुरा तपाइँहरुको मानव अधिकार भित्र पर्दैन ? यदि तपाईहरु मानव अधिकारवादी हो र साँच्चै मानव अधिकारको रक्षा गर्न लाग्नु भएको हो भने तपाईहरुलाई इजरायलको मात्र एकलौटी विरोध गर्ने अधिकार रहँदैन ।
प्यालेस्टाइन र इजरायल दुर्इवटै देशलाई युद्धविराम गर्नको लागि सम्वन्धित ठाउँहरुमा आवाज उठाउनुस् धर्ना दिनुस् त्यो त्यो हरेक दृष्टिकोणले न्यायसंगत र मनासिव ठहर्ने छ अन्यथा इजरायललाई मात्र चिढ्याएर कसैको ज्याला पकाउने काम बन्द गर्नुस् र नेपाल र इजरायलको दौंत्य सम्वन्धलाई अझ सुमधुर बनाउने कोशिस गर्नुस् । इजरायल नेपालीहरुको रोजगारदाता पनि हो उसले दिएको रोजगारीले अहिले हजारौं नेपालीको जीवन स्तर उकासिएको छ, नेपालको विकासको लागि इजरायल सरकारले अन्य सहयोगहरु पनि जारी राखेको छ भने नेपालीहरुले इजरायलमा आर्जन गरेको पैसाबाट नेपालको धेरै दीन दुखी र रोगीहरुको घाउमा मलमपट्टी लगाउने काम पनि भैरहेकोछ ।
नेपाली युवा जनाशक्ति विशेष गरी महिलाहरुको लागि आकर्षक रोजगार स्थलको रुपमा रहेको इजरायलले आउने दिनमा अरु हजारौं नेपालीलाई रोजगारी दिने सम्भावना पनि उतिकै छ त्यसैले नेपाल र नेपालीको हीत हुने यस्ता बाटाहरु बन्द गर्ने कुचेस्टा बन्द गर्न हामी इजरायलमा रहेका नेपालीहरु तपाईहरु जस्ता मानवधिकारवादीहरुलाई सविनय निवेदन गर्दछौं । तपाइँहरुको इमान्दारिता ,लगनशिलता र वौद्धिकता दुरगामी असर पर्ने क्रियाकलापमा भन्दा तत्कालको लागि आफ्नै देश नेपालको मानवाधिकार,शान्ति,विकास र कानुनी राज्य बनाउनतिर लगाउन सके कसो होला ?
रातोपाटी डटकमबाट साभार

