सिंहदरबारको गेटैमा ठगिन्छ जनता

 काठमाडौं  ८ साउन। तपाई कुनै सहकारी संस्थाको सदस्य हुनुहुन्छ भने होसियार !  कतै तपाई  संस्थाका सञ्चालकहरुद्धारा ठगिइरहनु भएको त छैन ? देशको मुख्य प्रशासनिक क्षेत्र सिंहदरबारको गेटै (रामशामहपथ) मा रहेको सिन्सियर बचत तथा ऋण सहकारी संस्थाले आफूखुसी सञ्चालकको तलब-भत्ता तथा सेवा सुविधा लिएर वर्ससाधारणको बचतमा रजाईँ गरेको तथ्य खुलेको छ ।

सरकारले गठन गरेको बचत तथा ऋणको कारोबार गर्ने समस्याग्रस्त सहकारीका लागि जाँचबुझ आयोगमा परेको उजुरी आधारमा आयोगले छानविन गर्दा उक्त संस्थाका सञ्चालकले sahakari आफूखुसी सेवा सुविधा लिएर ब्रम्हलुट गरेको तथ्य भेटिएको थियो ।

एउटा बैठकको साढे ७ हजार भत्ता छानविनका क्रममा रामशाहपथमा रहेको सिन्सियर सहकारीका सञ्चालकहरुले एक बैठकमा उपस्थित भएको ७ हजार ५ सय रुपैयाँ भत्ता लिएको पाइएको थियो ।

वाणिज्य बैंकका सञ्चालकको बैठकभत्ता पनि साढे सात हजार हुँदैन । डिभिजन सहकारी कार्यालय काठमाडौंमा २०५७ साल भदौ १२ गते दर्ता भएको उक्त सहकारी संस्थाको अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ र कार्यकारी सञ्चालक राजेन्द्र खड्का छन् ।
अध्यक्ष संस्थाको बा.८ च ५३५२ नम्बरको कार प्रयोग गर्दै आएका छन् भने मासिक दुई सय लिटर पेट्रोल लिनेगरेको र पत्रपत्रिका खर्च वापत मासिक १० हजार र मोवाई खर्चका लागि १५ सय रुपैयाँ लिएको पाइएको छ ।

त्यसैगरी संस्थाका कार्यकारी सञ्चालक खड्काले २०६९ भदौ २० गते मासिक १ लाख ३५ हजार रुपैयाँ तलब लिने निर्णय गराई सो तलब लिँदै आएका छन् । खड्काले पनि पत्रपत्रिका खर्चबापत मासिक १३ हजार र प्रमोसन खर्च ३ हजार रुपैयाँ लिने गरेको फेला परेको हो । उनीहरु दुबैले रकमसाधारणसभाबाट अनुमोदन नगराई सो रकम लिएको डिभिजन सहकारी  कार्यालयकाले जनाएको छ ।

बचतको निश्चि प्रतिशत मात्रै प्रसासनिक तथा मसलन्द खर्च गर्नुपर्ने निर्देशिकाको अभावमा सहकारी सञ्चालकहरुले आफूखुसी आफ्नो तल-भत्ता तथा सेवा-सुविधा तोकेर सदस्यहरुको बचतमा रजाईँ गरिरहेको सानो उदाहारण मात्रै हो ।

५ सय १९ सेयर सदस्य रहेको संस्थाले २३ सय ६९ जनासँग बचत तथा ऋणको कारोबार गरेको भेटिएको थियो । सहकारी संस्थाले सदस्यभन्दा बाहिर कारोबार गर्नु हुँदैन । संस्थाले ५० करोड १२ लाख ८४ हजार रुपयाँ बचत संकलन गरेको छ । अनलाइन खबर

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस