तपाईंको घर सानो छ भनेर चिन्तित हुनुहुन्छ? घरलाई ठूलो र सुन्दर देखाउन यसो गर्नुस

तपाईंको घर (home) सानो छ ? यहाँ हामी तपाईंलाई घरको सामान राख्नका लागि केहि तरिकाहरु बताउँदै छौँ जसले तपाईंको घरलाई ठूलो र सुन्दर देखाउन मद्दत गर्दछ ।


१. जरुरी सामानहरुलाई राखेर अनावश्यक सामानहरुलाई बाहिर निकालेर कुनै स्टोर रुम अथवा भर्याङ मुनी राख्ने गर्नुभयो भने पनि यसले ठूलो ठाउँ देखाउन मद्दत गर्दछ । घरमा आवश्यक वस्तुहरुलाई राम्रो तरिकाले राख्नुहोस् र जुन अनावश्यक छ, त्यसलाई फ्याँकिदिनुहोस् ।

 २. भित्तामा जोडिएका दराजहरु बनाउनुहोस्, यसले घरको सामानहरु एकत्रित हुन मद्दत गर्दछ ।

३. कुनै पनि कला आँखालाई शितल प्रदान गर्ने र मनलाई शान्त पार्न मद्दत गर्दछ । परम्परा झल्काउने, समकालिन अथवा हातबाट बनाइएको वा सडकको किनाराबाट किनिएको वस्तुहरुले तपाईंको घरको खाली कुना अथवा भित्ताहरुलाई निकै राम्रो हुन सहयोग गर्दछ ।

घरलाई रंगिन बनाउने केहि तरिकाहरुः
१. आफ्नो घरको कोठाहरुको सिलिङलाई पनि गाडा रङ लगाएर रङ्गाउनुहोस् ।

२. तपाईं कोठाहरुमा फेसनेबल वालपेपरहरु पनि लगाउन सक्नुहुनेछ ।
३. सामानलाई छुट्टाछुट्टै राख्नका लागि कुनै टोकरी र बक्सको प्रयोग गर्नुहोस् । यसो गर्नाले तपाईंको सामानहरु केवल व्यवस्थित मात्र नभई तपाईंको घर पनि सफा हुनेछ ।

के गर्नुहुँदैन ?
१. ठूला–ठूला डिजाइन भएका कुसन अथवा पर्दाहरुको प्रयोग नगर्नुहोस् । यसो गर्नाले तपाईंको घर अझ अव्यवस्थित देखिन्छ ।
२. फर्निचरको कम प्रयोग गर्नुहोस् । जुन प्रयोग हुँदैनन् त्यसलाई प्रयोग गर्दै नगर्नुहोस् ।
३. कहिले पनि त्यस्ता सामानहरु नकिन्नुहोस् जसलाई तपाईं सहि ढंगबाट प्रयोग गर्नुहुन्न ।
४. सबै सामानहरुलाई जम्मा गर्ने काम नगर्नुहोस् । तपाईंलाई आवश्यक नहुने कुराहरु बाहिर निकाल्नुहोस् । ५. यदि तपाईंको कोठा सानो छ भने ठूला चित्र भएका तस्बिरहरु नलगाउनुहोस् ।
६. आफ्नो सामानहरुसँग बहुआयमिक हुनुहोस् र आफ्नो कोठलाई सन्तुलन रुप प्रदान गर्नुहोस् । (एजेन्सी) रातो पाटी

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस