नेपालीले बनाए दैनिक उपयोगी मोबाइल एप्स

काठमाडौं । विश्व बजारमा मात्र हैन, नेपाली बजारमा पनि मोबाइल एप्सको विकासक्रम बढ्दो छ। गुगलको प्लेस्टोरमा नेपालीले बनाएका एप्सहरू पनि थुप्रै छन् र ती डाउनलोड हुने संख्या पनि उल्लेख्य छ। नेपालीले केही यस्ता महत्त्वपूर्ण एप्स बनाएका छन् जो दैनिक जनजीवनमा महत्त्वपूर्ण साबित भइरहेका छन्।

नेपाली लोडसेडिङ सेड्युल, बत्ती गयो, हाम्रो पात्रो, अंग्रेजी नेपाली डिक्सनरी, क्यास एन एड, फुटबल वल्र्डलगायत नेपालीले बनाएका यस्ता धेरै एप्स अहिले चर्चित भइरहेका छन्।त्यस्तै एप्सको बजारमा भर्खरै आएको ‘नेपाली टुल्स’ (Nepali Tools) पनि दैनिक जीवनमा उपयोगी हुने एप्लिकेसन हो। प्रयोगकर्ताले यो एपमा धेरै किसिमका सुविधा र विशेषता भेट्न सक्छन्। नेपाली प्रयोगकर्ताप्रति लक्षित यो एपबाट प्रवासमा रहेका नेपालीले पनि धेरै फाइदा लिन सक्छन्।

यसमा रहेका आधा दर्जन फिचर घरव्यवहार तथा कार्यालयका काममा सहयोग पु:याउने किसिमका छन्।
मुद्रा सटही दरको ताजा जानकारी पाउन करेन्सी कन्भर्टर, तिथिमिति नेपाली र अंग्रेजीमा रूपान्तरण गर्न डेट कन्भर्टर, धेरै मानिसले दैनिक योजना बनाउन ध्यान दिने गरिएको राशिफल प्रत्येक दिनको पढ्न सकिने, नेपालको २०० ओटा भन्दा बढी एफ.एम. रेडियो स्टेसनलाइ अनलाइनबाट सुन्न सकिने, यसमा धेरै अनलाइन पोर्टलहरूमा प्रकाशित भएका ताजा समाचार पढ्न, हेर्न पाइने जस्ता सुविधा लगाएत अन्य फिचर ‘नेपाली टुल्स’मा छन्।

हाल अहिले यो एप एन्ड्रोइड मोबाइलका लागि गुगलको प्लेस्टोरमा उपलब्ध छ। यसलाई चाँडै नै अन्य नया फिचर भर्सन थप गरि अपग्रेड गर्ने र आईओएस तथा विन्डोजका लागि पनि विकास गरिने विकासकर्ता उद्धव तामाङ बताउँछन्।

“हाम्रो अर्को प्रश्नको सवालमा बताउछन् , यो एप सबै बर्ग र उमेरका मानिसलाई जसले प्रयोग गर्छन उसलाई पक्कै पनि लाभ दायक छन् र लाभ पुर्याउने नै छन् , आइटीको जमानामा परिबर्तन सगै यो त एउटा शुरुवात मात्र भएको महशुस उहा बताउछन् ।”  यस एपलाइ आइटेक नेपालले डेभलप गरेको हो ।

१. यसलाई गुगल प्लेस्टोर बाट डाउनलोड गर्न यहाँ थिच्नुहोस 
साभारः न्युजअभियान डटकम

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस