चार किलो सुन तिघ्रामा लुकाएर ल्‍याउदै गरेकी युवती पक्राउ

सिन्धुपाल्‍चोक: तिघ्रामा चार किलो सुन लुकाएर ल्‍याउदै गरेको अवस्थामा एक युवतीलाई प्रहरीले प्रकाउ गरेको छ। तातोपानी भन्सार निकासी डेथमा शसस्त्र प्रहरी राजस्व गस्ती र भन्सार कर्चमचारीको टोलीले पक्राउ गरेको हो।


पक्राउ पर्नेमा दोलखाको च्‍यामा गाविसका २९ वर्षीया माया शेर्पा रहेकी रहेकी छन्। मायाले आफ्नो दुवै तिघ्रामा २/२ किलोको सुन टेपले बाँधेर ल्‍याउन लागेको अवस्थामा शंका लागेर नियत्रणमा लिइ खोजबिन गर्दा चार किलो सुन फेला परेको निमित्त प्रमुख भन्‍सार अधिकृत दानबहादुर केसीले जानकारी दिए। अन्नपूर्णपोस्ट

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस