एनसेलको ह्याप्पी आवर अफर
काठमाडौं,साउन २० – देशको अग्रणी दुरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकको सुविधाको लागि ह्याप्पी आवर नामक नयाँ योजना सार्वजनिक गरको छ । यसमा ग्राहकले एनसेलको नेटवर्कमा प्रत्येक दिन ६ घण्टा ५० प्रतिशत छुट दरमा कुरा गर्न सक्नेछन् । ग्राहकले आफ्नो आवश्यकता अनुसार कल प्लान गर्ने स्वतन्त्रता प्रदान गर्ने यो योजना २० साउनदेखी ६ हप्ताका लागि लागुहुने एनसेलले जनाएको छ ।
यसका लागि १७१११ डायल गरी १ थिचे पुग्छ । सुविधा एक्टिेसनको करबाहेक ७ रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ । उक्त योजना नेपालभर लागू हुनेछ । एनसेलका सम्पूर्ण पिप्रेड तथा पोस्टपेड ग्राहकले यसमा भाग लिई फाइदा लिन सक्नेछन । ‘ग्राहकको अलग किसिमको प्राथामिकता रहने तथ्यलाई मध्यनजर गर्दै हामीले योजना ल्याएका हौँ, यसले ग्राहकलाई आफ्नो कल प्लान गर्ने स्वतन्त्रता प्रदान गर्दै आफन्तजन तथा साथीभाइसँग अझ बढी कुरा गर्न सक्ने सामथ्र्य प्रदान गर्नेछ ’ एनसेलका कर्पोरेट कम्युनिकेसन निर्देशक सञ्जु कोइरालाले भनिन् रातोपाटी डटकममा प्रकाशित छ।

