नेपालले १ सय ८६ रनले बहराइनलार्इ जित्यो

काठमाडौं, भदौ २ – एसीसी यू १६ प्रिमियर क्रिकेटमा नेपालले बहराइनलाई १ सय ८६ रनले पराजित गरेको छ ।

नेपालले प्रस्तुत गरेको २३४ रनको चुनौती पछ्याउने क्रममा बहराइन २४.४ ओभरमा ४७ रन मात्र बनाउँदै अलआउट भएको थियो । नेपालका लागि अनिल खरेलले ८ रन दिएर तीन विकेट लिए । यो प्रतियोगितामा आफ्नो विकेट संख्या १२ पुर्याएका छन् । यसअघि ओमानसँग उनले ६ विकेट लिएका थिए ।

यसअघि टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित ४० ओभरमा ८ विकेट गुमाएर २३३ रन बनायो । नेपालका लागि प्रनित थापाले अविजित ७० रनको योगदान दिए भने रवि चन्दले ३३ रनको योगदान दिएका छन् । चार खेलबाट ४ वटैमा जीतका साथ नेपाल शीर्ष स्थानमा छ भने मलेसिया दोस्रो स्थानमा छ । उपाधिका लागि मलेसियासँग नेपालको भिडन्त हुने पक्का भएको छ ।

आजको खेलमा मलेसिया सिंगापुरसंग पराजित भएको भए नेपाल एक खेल अघि उपाधि हात पार्ने थियो। तर, मलेसियाले सिंगापुरसंगलाई पराजित गरेपछि त्यो सम्भव हुन सकेन । मलेसियाविरुद्ध जित हात पार्न सके नेपालले यू-१६ क्रिकेटमा पहिलो उपाधि जित्नेछ । यसअघि दुई संस्करणमा नेपाल उपविजेता बनेको थियो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस