टुहुरा बालबालिकाको बिचल्ली
टुहुरा बालबालिकाको बिचल्ली ४ वालबालिका सात बर्षदेखि बेसाहारा
उदयपुर, साउन २२– उदयपुरको त्रियुगा नगरपालिका २ गाईघाटका टुहुरा चार बालबालिका विचल्लिमा परेका छन । वुवा महेशप्रसाद भगत र आमा गितादेवीको मृत्यु भएपछि चारजना वालबालिका सात बर्ष देखि संरक्षकको अभावमा बेसाहारा बनेका हुन । बुबाको २०६२ फाल्गुण २ गते र आमाको २०६५ सालमा मृत्यु भए पछि १७ बर्षीय रञ्जनकुमारी भगत, १४ बर्षीय कञ्चनकुमारी भगत, ११ बर्षीय सुनिल भगत र ८ बर्षीय आन्दोलन भगत विचल्नीमा परेका अधिकारकर्मी नजुबल खान निलमले बताईन ।
राजविराजको नेताचोकमा सातदलको आन्दोलनको क्रमा गोलीलागि घाईते भएका भगतको तीन महिनापछि उपचारको क्रममा उदयपुरमा ज्यान गएको हो । आर्थिक अबश्था दयनिय भएकाले उपचार गराउन नसक्दा वुवाको ज्यान गएको रञ्जना बताउँछिन । जनआन्दोलनकाक्रममा वुवाले ज्यान गुमाएपनि कसैबाट पहल नगरिदिदाँ राज्यबाट कुनै सेवासुबिधा नपाएको उनको गुनासो छ ।
आफु सानै उमेर र आमा अशिक्षित भएकाले आबश्यक प्रमाण जुटाउन नसक्दा राज्यको सेवासुबिधाबाट बञ्चित भएको रञ्जनाको भनाई छ । वुवाको मृत्युपछि आमाको साहारा पाएपनि सानै उमेरमा दुबैले छोडेपछि आफुहरु विचल्निमा परेको रञ्जनाको भनाई छ । दुबैको मृत्युपछि भाईवहिनीको हेरचाह खोलाको गिटी कुटेर रञ्जनाले गर्दै आएकिछिन ।
दिनभर खोलाको गिटी कुटेर कमाएको पैसाले दुई भाईलाई सरकारी बिद्यालयमा भर्ना गरेको उनी बताउँछिन । उनका जेठो भाई ११ बर्षीय सुनिल कक्षा २ र कान्छो ८ बर्षीय आन्दोलन कक्षा १ मा स्थानीय त्रियुगा उच्च माध्यमिक बिद्यालयमा अध्ययन गर्दछन ।
कक्षा ५ पढ्दा पढ्दै वुवाआमाको मृत्युले बाँकी शिक्षाको ढोका आफ्नो लागि सधै बन्द भएको उनको दुखेसो छ । त्यसो त माइली वहिनी कञ्चनलाई पढाउन नसकेकोमा रञ्जनको अझ बढि गुनासो छ ।
उनी भन्छिन, ‘आफुले दुःख वेसायर भएपनि भाईवहिनी पढाउने सपना थियो, तर के गर्नु दैवले नै ठगेपछि कसको के लाग्दो रहेछर ।’ आफुले कमाएको पैसाले चार जनालाई खान लाउन नपुगेपछि वहिनीलाई पनिसंगै काम गर्न लैजान बाध्य भएको उनी बताउँछिन ।
बालबालिकाको विजोग देखेरै जेठो सुनिल र वहिनी कञ्चनलाई मामा विक भगतले रोजगारीका लागि भारत लगेका थिए । भारत पुर्याएका मामा विकले सुनिललाई होटलमा भाँडा माझ्न र कञ्चनलाई घर्यासी काममा राखेको खवर पाएपछि आफुझन थप पीडामा परेको रञ्जना बताउँछिन । ‘पीडा सहन नसकेपछि मासवेसका अध्यक्ष नजवुल खानलाई वेलिविस्तार लगाएको त्यसपछि उहाँले प्रशासनको सहयोगमा नेपाल निकालेको,’ रञ्जना बताउँछिन ।
झण्डै डेढबर्ष अघि त्रियुगा नगरपालिकाले पलाष्टिक मुक्त क्षेत्र घोषणा गरेको दिन पीछडा वर्ग कार्यक्रमबाट छात्रवृती स्वरुप १७ हजार पाँच सय रुपैयाँ उपलब्ध गराएपछि एक बर्ष दुःखले घरखर्च टरेको रञ्जना बताउँछिन । भनेजस्तो काम नपाउँदा घर खर्च चलाउन समस्या भएको उनको दुखेसो छ ।
८ बर्षिय भाई आन्दोलनलाई देखाउँदै भनिन, ‘दुई छाक टार्न धाँै–धौँ परेको बेला भाईलाई बिरामीले सताएको छ, गोजीमा सुक्को छैन, कसैले ऋण पनि पत्याउँदैनन्, कहाँबाट उपचार गरौँ हजुर ?’ ‘दुखिया र टुहुराको जीन्दगी हुनु पनि वेकार रहेछ,’ गहँभरी आशु झार्दै रञ्जनाले भनिन्, ‘कसरी यी दुई भाईलाई शिक्षादिक्षा, औषधि उपचार दिनु, न मसँग धन सम्पती छ, न आफन्त नै ।’
उनले आमाको मृत्युदर्ता प्रमाणपत्र बनाउन नसक्दा भाईहरुको भविश्य अन्योलमा परेको बताईन । ‘बालबालिकाको क्षेत्रमा काम गर्दै आएको वल्र्डभिजन इन्टरनेशनलले शिक्षादिक्षा र पालनपोषणका लागि बालगृहमा लगिदिन्छु तर वुवाआमाको मृत्यु दर्ता चाहियो भन्छ, सम्बन्धित निकाय त्रियुगा नगरपालिकामा जान्छु आलटाल गरेर पठाउँछ म के गरौ ?’ उनले प्रश्न गरिन ।

