नेपालद्वारा मलेसियालार्इ १६२ रनको लक्ष्य प्रस्तुत

४ भदौ, काठमाडौं । एसीसी अण्डर १६ प्रिमियर क्रिकेटको उपाधिका लागि नेपालले मलेसियासामू १६२ रनको लक्ष्य प्रस्तुत गरेको छ । घरेलु टोली मलेसियाले केहीबेरमा जवाफी व्याटिङ गर्नेछ । खेल किनरारा ओभलमा टस हारेर पहिले व्याटिङ गरेको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाउन सक्यो ।


नेपाल आज २ वर्ष व्यहोरेको हारको बदाला दिँदै अण्डर १६ मा पहिलो उपाधि जित्ने दाउमा छ । उमेर समूहमा अण्डर १६ मा मात्र उपाधि जित्न सकेको छैन ।
२००९ यता भने नेपालले उमेर समूहमा कुनै उपाधि जितेको छैन । राउण्ड रोविनका आधारमा खेलाइने प्रतियोगितामा नेपाल र मलेसियाबीचको खेलले विजेता टुङ्गो लाग्नेछ ।

नेपालका लागि बराबरी भए पुग्छ भने मलेसियालाई जित्नै पर्ने दबाव छ । चार बटै खेल जितेको नेपालको ८ अंक छ भने बहराइनसँगको खेल बर्षाका कारण रुद्ध भएपछि मलेसियाको ७ अंक छ ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस