खानामा जिउँदो भ्यागुता पस्कने रेस्टुराँ

तपाईंको प्लेटमा यदी कसैले जिउँदो भ्यागुता ल्याएर खानको लागि राखिदियो भने के गर्नु हुन्छ ? पकाएर त सायद धेरैले भ्यागुता खान सक्छन् होला तर भ्यागुता काँचो मासु खान त उनीहरुलाई पनि त्यति गाह्रो पर्छ होला । तर जापानमा एउटा यस्तो रेस्टुरेन्ट छ जहाँ भ्यागुतालाई जिउँदै पस्कने गरिन्छ ।


केही समयअघि इन्टरनेटमा एक जना महिलाले रेस्टुरेन्टमा गएर जिउँदै भ्यागुता खाएको भिडियो निकै चर्चित भएको थियो । सिंगापुरको एक वेभसाइटले जापानको एक रेस्टुरेन्टमा मानिसहरुले जिउँदै भ्यागुता खाने गरेको फोटोहरु र भिडियोहरु प्रकाशित गरेको थियो । उक्त भिडियोमा कुकले जिउँदो भ्यागुतालाई काटेर एक महिला ग्राहकलाई खानका लागि पस्केको देखाइएको छ । ती महिलाले पनि मिठो मानी मानी त्यो भ्यागुताको सासिमी खान्छिन्।एजेन्सी तस्वीर फक्सन्युज

, ,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस