काखीका रौँ किन नकाट्ने?
युवतीकाहरुका काखीका रौँ नकाट्न आग्रह
अहिले चिनिया युवतीहरुमा आफ्नो काखीका रौँ प्रदर्शन गर्ने होडबाजी नै चलेको छ । युवतीहरुले आफ्ना काखीका रौँ देखाउने गरी आफ्नो सेल्फी खिचेर इन्टरनेटमा अपलोड गर्ने गरेका छन् ।
सोसल साइटमा रहेको उक्त प्रतियोगिताको पेज अहिलेसम्म २ करोड ८० लाखले हेरिसकेका छन् भने हजारौँ युवतीहरुले आफ्नो तस्वीर अपलोड गरिसकेका छन् । समाचार अनुसार यो प्रतियोगिताका आयोजकले उत्कृष्ट १० काखी भुत्ला चयन गर्नेछन् तर विजेतालाई पुरस्कार के हुने भन्ने खुलाइएको छैन । स्मरण रहोस् महिलाको प्राकृतिक सुन्दरतालाई प्रोत्साहन गर्ने भन्दै इन्टरनेटमा विभिन्न खाले अभियान चल्ने गरेका छन् । गत महिना मात्र टम्बलरमा भुत्लेतिघ्राधारी युवतीको क्लब नै गठन गरिएको समाचार आएको थियो । अमेरिकाको एरिजोना विश्वविद्यालयका छात्राहरुलाई एक प्राध्यापकले गत महिना अबको एक सेमेष्टर भरि नै काखीका रौँ नकाट्न आग्रह गरेका थिए ।

