राहदानी र नागरिकता बिक्रीमा
काठमाडौं,भदौ १५–भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा हिन्दूधर्मको प्रचार गरिरहेका दुई बंगलादेशीसँग नेपाली नागरिकता भेटिएपछि सुरक्षा अधिकारीहरु झस्किएका छन् । १९ साउनमा प्रहरीले बिशेष सुराकीका आधारमा हमाईस इस्लाम र रियल मियाँसँग नेपाली नागरिकता भेटेको हो ।
गत बैशाखमा पक्राउ परेका बर्मेली नागरिक शंकरप्रसाद गुरागाइँ तथा भारतीय नागरिक सुरेश अधिकारीसँग नेपाली नागरिकता भेटिएको थियो । भारतमा आतंकवादी गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका उनीहरुले झापा जिल्ला प्रशासनबाट नेपाली नागरिकता लिएका थिए । गुरागाईले झापाको बनियानी–४ बाट तथा भारतको मणिपुर सेनापति घर भएका अधिकारीले सतासीधाम–९ बाट नेपाली नागरिकता लिएका हुन् ।रातोपाटीबाट

