घाँटी थिचेर प्रेमीले प्रेमिकाको हत्या गरेपछि

काठमाडौं,साउन२३–आपसी विवादमा एक युवकले घाँटी थिचेर प्रेमिकाको हत्या गरेका छन् । बाराको डुमरवाना घर भएका आर्यन रन्जित भनिने इराज रुम्वाले प्रेमिका आशिका भनिने संगीता लामाको हत्या गरेका हुन् । घटनाको डेढ महिनापछि रुम्वालाई प्रहरीले पक्राउ गरेको छ ।महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई बुधबार बाराबाट पक्राउ गरेको हो ।


महानगरीय प्रहरी वृत स्वयम्भुका प्रमुख डिएसपी पदम विष्टका अनुसार रंजितले गत असार ८ मा प्रेमिकाको हत्या गरेका हुन् ।

संगीता र रंजित बाफलमा डेरा लिएर बस्दै आएका थिए ।दुबै लागु औषध कारोबारी हुन् । दुबै विवाहित भएपनि आफ्ना श्रीमान र श्रीमती छाडेर उनीहर लिभिङ टुगेदरमा बस्दै आएका थिए । कोठामा रहेका बेला ८ असारमा झगडा परेपछि रञ्जितले संगिताको घाँटी थिचेर हत्या गरेका थिए ।

हत्यापछि उनी प्रेमिकाको गहना,पैसा र मोवाइल लिएर भागेका थिए । घटनाको तीन दिनपछि कोठा गन्हाएर घरबेटीले प्रहरीलाई खबर गरी खोल्दा युवतीको शव फेला परेको आजको नयाँ पत्रिका दैनिकमा खबर छ । त्यसयता घटनाको अनुसन्धान गरेको प्रहरीले डेढ महिनापछि अभियुक्तलाई पक्राउ गरेको हो ।   नयाँ पत्रिका दैनिक

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस