हालोङका कारण जापानमा १० को मृत्यु
सामुद्रिक तुफान हालोङका कारण जापानमा १० को मृत्यु
टोकियो, साउन २७ – जापानी दीपहरुको समूहमा सामुद्रिक आँधी हालोङका कारण १० व्यक्तिको मृत्यु भएको तथा दर्जनौँ घाइते भएको समाचार प्राप्त भएका छन् ।
जापानको उत्तरी भागमा अझै उग्र वर्षा भइरहेको बताइएको छ । उक्त तुफान सी अफ जापानमाथि भएर गएको हो र हाल रसियाको सुदूरपूर्वी तटीय क्षेत्रमा बढेको छ । यसले जापानको सबैभन्दा ठूलो तथा अधिक जनसङ्ख्या भएको होन्सु द्वीपलाई प्रभावित बनाएको बताइएको छ । उक्त आँधीको बाहरी भागले अझै पनि जापानमा उग्र वर्षा गराइरहेको बताइएको छ । अधिकारीहरुले पहिरो, बाढी र सामुद्रिक चक्रवात उन्पन्न हुनसक्ने चेतावनी दिएका छन् ।
सार्वजनिक प्रसारक संस्था एनएचकेले यस प्रकोपका कारण ८६ व्यक्ति घाइते भएको जानकारी दिएको छ । निकी समाचारपत्रले यसका कारण १० व्यक्तिको मृत्यु भएको तथा दुई अन्य हराइरहेको जानकारी दिएको छ । यस सातामा करिब पाँच लाख व्यक्तिलाई अन्यत्र सार्न आदेश दिइएको तथा १२ लाख व्यक्तिलाई आफ्नो घर छोड्न सल्लाह दिइएको अग्नि तथा प्रकोप व्यवस्थापन संस्थाले जानकारी दिएको छ । टेलिभिजनका समाचारमा गाडी तथा सडकका सङ्केतहरु डुबेको अवस्थामा देखाइएको छ । आइतबार तेज गतिको वायुको कारण ताचिगी प्रशासकीय क्षेत्रमा ४६० घरलाई क्षति पु¥याएको बताइएको छ ।
सोमबार नागरिक उड्डयन सामान्य रुपमा सञ्चालन भएको छ । साताको अन्त्यमा करिब ७०० उडान रद्द गरिएको थियो । रासस÷एएफपी

