हेलिकोप्टरको पखेटाले रिसोर्टका कर्मचारीको टाउको छिनाएपछि

काठमाडौं : अवतरण गर्न लागेको फिस्टेल हेलिकोप्टरको पछाडितर्फको पखेटामा ठोक्किएर सिन्धुपाल्चोकको लास्ट रिसोर्टका एक कर्मचारीको मृत्यु भएको छ।


हेलिकोप्टर अवतरण गरिरहेको अवस्थामा ती कर्मचारी दौडिदै नजिक पुगेपछि पखेटाले टाउकोमा लागेको थियो । पखेटामा ठोक्किएर कर्मचारीको टाउको नै उछिट्टिएको स्रोतले बतायो । साढे दुई बजेतिर यो घटना भएको हो। हेलिकोप्टर भने सुरक्षित रहेको छ। सुनकोशीमा पहिरोमा परी घाइते भएका व्यक्तिहरुको उद्धार तथा राहतका लागि हेलिकोप्टर त्यहाँ लगिएको थियो। ठोक्किएको हेलिकोप्टर नाइन एन ए जे आइ रहेको छ अन्नपूर्ण पोस्टमा प्रकाशित समाचार छ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस