युनाइटेडलाई इन्टरनेशनल च्याम्पियन्स कपको उपाधि

२० साउन, काठमाडौं । म्यानचेष्टर युनाइटेडले प्रि सिजनको इन्टरनेशनल च्याम्पियन्स कप फुटबलको उपाधि जितेको छ ।

मंगलबार विहान भएको फाइनल भिडन्तमा लुइस भानगालको म्यानचेष्टर युनाइटेडले अर्को इङ्लिस टोली लिभरपुललाई ३–१ ले पराजित गर्दै उपाधि उचालेको हो ।

अमेरिकामा भएको खेलमा अग्रता भने लिभरपुलले लिएको थियो । कप्तान स्टफेन जेरार्डको १४ औं मिनेटको पेनाल्टी गोलबाट लिएको अग्रता लिभरपुलले दोस्रो हाफमा जागाउन सकेन । ५५ औं मिनेटमा वायन रुनीले बराबरी गोल फर्काए भने त्यसको दुई मिनेटपछि नै माटाले गोल गर्दै म्यानचेष्टर युनाइटेडलाई २–१ को अग्रता दिलाए । खेलको ८८ औं मिनेटमा लिनगार्डले गोल गरेपछि युनाइटेड ३–१ ले विजयी भयो ।

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस