खोला तारेको २०० रूपैयाँ

२१ साउन, जाजरकोट । पुल बनाउन सरकारी निकायले कुनै चासो नदिएपछि यात्रु ज्यान जोखिममा राखेर जाजरकोटको फेरा खोला तर्न बाध्य छन् । खोला तर्न महिला र वृद्धवृद्धाले भने शुल्क तिर्ने गरेका छन् । छिन्चु-जाजरकोट सकडअन्तर्गत फेरा खोलामा पुल नबन्दा यात्रुले सवारीसाधन छाडेर खोला तर्नुपर्ने समस्या छ ।

खोलाको वल्लो-पल्लो छेउमा सवारी साधन भेट्टाउन यात्रु खोला तरेर पुग्ने गर्छन ।

पुल नुहँदा खोलामा हामफालेर अर्कोपट्टी गाडी भेट्टाउनुपर्ने अवस्था रहेको खलंगा-३ का रितेश कार्कीले बताएको नयाँ पत्रिकामा खबर छ । ‘सक्नेले आफैं तर्छन्, नसक्नेले पैसा तिरेर खोला तारिमाग्छन्,’ कार्कीले भने । खोला तर्न नसक्नेले प्रतिव्यक्ति दुई सय रुपैयाँ तिरेर स्थानीयसँग तारिमाग्ने गरेका छन् । त्यस्तै एउटा मोटरसाइकल तारेको एक हजार तिर्नुपर्छ । लगातारको वषर्ाले खोला बढेपछि राकम-खलंगाको यातायात अवरुद्ध छ । यातायातका साधन खोला तर्न नसक्दा जिल्लाको व्यापार व्यवसाय प्रभावित भएको उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कमानबहादुर खड्काले बताए ।

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस