त्रिविको क्याम्पसको हाता भित्र बोराका बोरा कण्डम

काठमाण्डु, २३ साउन– मुलुकको प्रतिष्ठासँग जोडिएको कीर्तिपुरस्थित त्रिवि केन्द्रीय क्याम्पसको हातामा बोराका बोरा कण्डमा फेला परेको छ । त्रिविमा अध्ययनरत विद्यार्थी निपेश ढकालको अगुवाइमा गरिएको सरसफाईका क्रममा  कण्डमसहित करिब ४० बोरा फोहोर संकलन भएको हो ।


सरसफाईका क्रममा कण्डमसहित चकलेट, चाउचाउ, सुर्तीजन्य पदार्थका खोल, रक्सीसहित पेय पदार्थका बोत्तल र महिनावारी हुँदा प्रयोग गर्ने सेनेटरी प्याड भेटिएको ढकालले बताए । ढकालको अगुवाइमा गत जुन ५ तारिखमा विश्ववातारवण दिवको अवसर पारेर फोहोर संकलनकार्य सुरु गरिएको थियो । एक महिनाको प्रयासमा उक्त फोहोर संकलन भएको उनले बताए ।ढकालको टोलीले फोहोर व्यवस्थापनका लागि विभिन्न २२ बुँदे सुझाव त्रिवि प्रशासनसमक्ष बुझाएको छ ।
सरसफाइका लागि त्रिविले मातहतका सबै ३२ वटै विभागमा तीन जनाका दरले परिचरको व्यवस्था गरेको छ । २०६२ सालमा त्रिवि केन्द्रीय विभागबाट गणित विषयमा स्नातकोत्तर ढकाल दुई वर्ष जर्मनीको म्युनिखस्थित एक प्राविधिक विश्वविद्यालयबाट वातावरण विषयमा स्नातकोत्तर सकेर गत वर्ष नेपाल फर्किएका थिए । बेलायतमा अध्ययनका क्रममा वातावरण सरसफाइबारे सिकेको ज्ञान स्वदेशमा प्रयोग गरेको उनले जनाए । काठमाण्डु टुडे

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस