कलेज जाँदाजाँदै विद्यार्थी बाटैबाट अपहरित

काठमाडौ, भाद्र १६ - थानकोटबाट कलंकी स्थित  कलेज हिँडेका बिद्यार्थी बाटोबाटै अपहरणमा परेका छन् । सोमबार बिहान कलंकीको काष्ठमण्डप कलेज पढ्ने वीरेन क्षेत्रीको अपहरणकारीले अपहरण गरेका हुन् ।


उनलाई ५ जनाको समूहमा आएका अपहरणकारीको समूहले जबरजस्ती हायस माईक्रो बसमा हालेर लगेका थिए ।प्रहरीले अपहरणकारीको कब्जाबाट क्षेत्रीको उद्धार गरेको छ । अनि अपहरणमा संलग्न ४ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी यज्ञविनोद पोखरेलले बताए ।

पक्राउ पर्नेमा सुशान्त पोखरेल, अन्वेष अधिकारी, अमित श्रेष्ठ र  छिरिङ शेर्पा छन् । अर्का एक भने फरार रहेको प्रहरीले जनाएको छ ।इकान्तिपुर

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस