एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन
अन्तिम श्रद्धाञ्जलीको लागि खुला मञ्चमा राखिने
काठमाडौ, भाद्र ३० - एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको निधन भएको छ ।
६२ वर्षीय नेता बोगटीको नर्भिक अस्पतालमा उपचारको क्रममा आज विहान निधन भएको हो ।
बिहीबार राति हृदयघात र मस्तिष्कघात भएपछि उनलाई सहिद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो । केन्द्रमा मुटुको शल्यक्रिर्या गरेपछि उनलाई नर्भिक अस्पताल लगिएको हो ।
उनको शवलाई अन्तिम श्रद्धाञ्जलीको लागि ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा राख्ने र ११ बजे खुलामञ्चमा राख्ने एमाओवादीको निर्णय छ ।कान्तिपुर

