बिदेश जानेको श्रीमति भगाएमा ५ लाख रूपैयाँ जरीवाना लाग्ने

भदौ-१७, काठमाडों । पाँचथरको प्रङबुङ गाविसमा दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि जारी छ ।
 वैदेशिक रोजगारीका लागि श्रीमान विदेशिने क्रमसँगै श्रीमतीले अनैतिक कार्य गर्ने गरेकाले समाजमा विकृति भित्रिएको भन्दै स्थानीयले अर्काकी श्रीमती लैजानेलाई ५ लाख जरिवाना तिर्ने पर्ने नियम बनाए ।

अर्काकी श्रीमती लानेलाई तत्काल सभा बसेर स्थानीयले ५ लाख रुपैयाँ तिराउँछन् । सो रकम पीडित श्रीमानका लागि रहात हुने स्थानीयको भनाई छ । तर पछिल्लो समय यस्ता नियमले समेत समस्याको समाधान गर्न सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयमा गत वर्ष दर्ता भएका मध्ये आधाजसो मुद्दा श्रीमान श्रीमतीबीचको बेमेलसँग सम्बन्धित छ । २० वटा सोही प्रकृतिका मुद्दामध्ये ९ मा श्रीमान विदेशिएपछि असमझदारी देखिएको छ । - नयाँ पत्रिका

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस