सबै नेपालीलाई ‘विजय’ प्राप्त होस् !

विगत वर्षहरुमा झै यो दशैं गाउँमा जति रमाइलो छ, त्यति रमाइलो सहरमा छैन । लाखौं मानिसहरु परिवारका साथ दशैं मान्न गाउँ गाउँ गएका कारण पनि सहर अहिले खालीजस्तो देखिन्छ । सुनसान र उदासजस्तो । सडकमा गाडीहरुको खचाखच छैन । गल्लीहरुमा र सडकका पेटीहरुमा मानिसहरुको भीड छैन । सटरहरु बन्द छन् । चहलपहल छैन । तर गाउँका घर घरमा यतिखेर दही र अछेतामा जमरा र सयपत्री पूmलको सम्मिलनले हरेकका शीर र निधार सजिएका छन् । मान्यजनको आशीर्वाद पाएर मानिसहरु धन्य बनेका छन् । साँच्चै ! रमाइलो भएको छ, गाउँ ।


वर्षैदेखि घर परिवारबाट टाढा रहेका परिवारका सदस्यहरुदेखि आफन्तहरु र साथीसंगीहरुको भेटघाटको अवसरका कारण पनि दशैंको गाउँले मौलिकताको पहिचान अलग्गै छ । गाउँको यो आनन्द सहरमा पाउन सकिन्न ।

वर्षमा एकपटक नै सही । यो अवसरमा गाउँ र सहरको भेट हुन्छ । अनुभवहरु साटासाट हुन्छ । र, एकले अर्कोबाट सिक्ने एउटा सुनौलो अवसर बन्छ । ‘जेनेरेसन ग्याप’लाई थोरै मात्रामा भएपनि हटाउन यस्ता चाडबाडले मद्दत पु¥याउँछ । र, पु¥याइरहेको छ ।

सहर र गाउँका जीवनहरुको अन्तरघुलन र सामीप्यताले नेपाली समाजलाई प्रगतिशिल ढंगले अगाडि बढाउन सहयोग पु¥याउँछ । यस दशैंमा सहरबाट एउटा विध्यार्थी, शिक्षक, व्यापारी, बुद्धिजीवि, प्रोफेसर, राष्ट्र सेवक कर्मचारी, डाक्टर, इन्जीनियर, पत्रकार, वकिल अर्थात् राज्यको निर्णायक तहमा बसेर काम गरेका र देश दुनियाँ बुझेका मानिसहरु गाउँ गएका छन् । उनीहरुसँगै उनीहरुको सोंच, विचार, संस्कार, स्वभाव, अनुभव, शैली र व्यवहारपनि गाउँ पुगेको छ । सँगै, आजको सूचना र प्रविधिको युगमा हरेक मान्छेसँगै गाउँ गाउँमा नयाँ प्रविधि पनि गएको छ । सहरले गाउँलाई बुझ्ने र गाउँले सहरलाई चिन्ने अवसर पनि हरेक गाउँ गाउँमा यो दशैंले जुटाइदिएको छ ।

दशैंलाई अर्को शब्दमा विजयादशमी भनिन्छ । पौराणिक मान्यता अनुसार दानवहरुको अन्याय र अत्याचारका विरुद्ध देवताहरुले विजय प्राप्त गरेको दिन । आजको युग दानव र देवता होइन, मानवको युग हो । यो मानव समाजमा पनि अन्याय छ, अत्याचार छ, विभेद छ, असमानता छ । अर्थात् दानव प्रवृत्ति अहिले पनि जब्बर रुपमा विद्यमान छ । त्यसलाई परास्त गर्ने अर्थात् त्यसमाथि विजय प्राप्त गर्ने देवता प्रवृत्ति भने तुलनात्मक रुपमा कमजोर छ । यो दशैंमा हामी सबैले प्रण गर्नुपरेको छ, हामी मानवमा देवता प्रवृत्तिको रक्षा, प्रयोग र विकास कसरी गर्ने ?

हरेक व्यक्तिभित्र गलत सोंच, विचार, संस्कार, चिन्तन–प्रवृत्ति, स्वभाव र शैली हुन्छन् । जसले एकातिर व्यक्ति स्वयंको सर्वाङ्गीण व्यक्तित्व विकासमा नकारात्मक असर पु¥याइरहेको हुन्छ भने अर्कोतिर त्यसले समाजमा पनि नकारात्मक प्रभाव पारिरहेको हुन्छ । हो, यो विजयादशमीको अवसरमा हामीले प्रण गरौं र कामना पनि कि आजकै दिनदेखि हामीभित्रका कु(लत, विचार, स्वभाव,शैली आदिलाई) तत्वलाई त्याग्यौं र सु(विचार, लत, स्वभाव र शैली आदिको) तत्वको विकास गर्न सकौं । यही शक्ति हामी सबैलाई मिलोस् । देशभित्र र विश्वभरि छरिएर रहेका आम नेपाली बुवा, आमा, दाजुभाइ र दिदीवहिनीहरुमा यही कामना !
दशैंको यस अवसरमा विभिन्न प्रकारका रोगले गाँजिएका हाम्रा सबै पार्टीका सबै स्तरका नेता–कायकर्ताले पनि आ–आफ्ना रोगबाट मुक्ति पाउन सकून्, उनीहरुलगायत सम्पूर्ण नेपालीहरुले रोगमाथि विजय प्राप्त गर्न सक्षम बनून् । र, नेताहरुले सिंगो देश र आम नेपालीहरुको सुन्दर भाग्य र भविष्य निर्माण गर्न सक्ने संविधान निर्धारित समयभित्रै निर्माण गर्न सकून ।  

विभिन्न कारणले एकल वा स–परिवार यो वर्षको दशैं मान्न नपाउनु हुने नेपालीहरुले आगामी दशैं हर्षोल्लासपूर्वक मनाउन पाऊन् । यस अवसरमा यही सदीक्षा, यही कामना ! ratopati

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस