चरीको इन्काउन्टर गर्ने डिएसपी मिरा पुरस्कृत हुने
काठमाडौं । नेपाल प्रहरी यतीबेला आफ्नो स्थापना दिवस मनाउन व्यस्त छ । २०१२ सालमा नेपाल प्रहरीको ऐन आएको मितिलाई आधार बनाएर प्रहरीले आफ्नो स्थापना दिवस मनाउदै आएको छ । बुधबार बेलुका पुलिस क्लबमा पूर्वप्रहरी अधिकृतहरुलाई बोलाएर मदिरा पार्टी गरेको प्रहरी प्रधान कार्यालयले आज (शुक्रबार) औपचारीक रुपमा प्रहरी दिवस मनाउदै छ ।प्रहरी दिवसमा धेरै प्रहरीको चासो पुरस्कारमा हुन्छ । वर्षभरी
त्यस्तै यो वर्षको उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार सिआईबीमा कार्यरत सई दीपेन्द्र अधिकारीले पाएका छन् । महानगरीय प्रहरी अपराध महाशाखा र सिआईबीमा बसेर हाइप्रोफाइल अपराधको अनुसन्धान गरेका उनलाई यस्तो पुरस्कार दिन लागिएको छ । राम्रो कामस“गै आईजीपी उपेन्द्रकान्त अर्यालस“ग राम्रो सम्बन्ध भएकाले उनले उक्त पुरस्कार पाएका हुन् । सई अधिकारी काम गर्न र पैसा कमाउन दुवैमा माहिर मानिन्छन् ।
त्यस्तै डन दिनेश अधिकारी चरीको इन्काउन्टर गर्ने प्रहरी अधिकारीहरु समेत पुरस्कृत हुने भएका छन् । चरी इन्काउन्टरमा प्रमुख भूमिका खेल्न अपराध महाशाखाकी डिएसपी मिरा चौधरीलाई प्रहरी दिवसमा पुरस्कृत गर्न लागिएको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

