चार महिलालाई सामूहिक बलात्कार गर्ने ५ जनालाई फाँसी
२३ असोज, एजेन्सी ।
अफगानिस्तानमा चार महिलालाई बलात्कार गर्ने पाँच जनालाई फाँसी दिइएको छ ।
सामूहिक बलात्कार गरेको अभियोगमा यी पाँच जनालाई पूर्वी काबुलको पुल-ए-चर्खी जेलमा फाँसी दिइएको हो ।
यी व्यक्तिहरुलाई पगमान शहरमा विवाह समारोहबाट फर्किदैं गरेका चार महिलामाथि हमला गरेको आरोप थियो ।
अगष्टमा भएको यस घटनालाई लिएर अफगानिस्तानमा हंगामा नै थियो ।
अफगानिस्तानका अटर्नी जनरल कार्यालयका प्रवक्ता मोहम्मद नूरीले समाचार एजेन्सी एएफपीलाई भने अनुसार, 'कोर्टको फैसलालाई कार्वान्वयन गरिएको छ । पगमान केशका पाँच दोषी र एक अपहरणकर्ता समूहका मुखियालाई हबीब इस्तालिफीमा फाँसी दिइएको छ ।'
सुनुवाई शुरु हुनु पहिला णै ततकालिन राष्ट्रपति हमिद कार्जाईले सुप्रीम कोर्टमा आरोपीका दोषीलाई फाँसी दिन माग गरेका थिए ।
गत हप्ता पदबाट हट्नु पहिला यिनीहरु विरुद्ध कारजाईले मृत्युदण्ड वारेन्टमा दस्तखत गरेका थिए । यसमा नयाँ राष्ट्रपतिले केही प्रतिक्रिया जनाएका थिएनन् ।
पुलिसले बताए अनुसार उनीहरुले चार महिलाहरुलाई उनीहरुको श्रीमानलाई हटाउदै गाडिबाट तल झारेका थिए र ती महिलाहरुलाई लुटेर उनीहरु माथि हमला गरेका थिए । यी मध्ये एक महिला गर्भवती समेत थिईन
nepaliheadlines.com

