डिभिजन थ्री क्रिकेटः नेपाल अमेरिकाविरुद्ध बलिङ गर्दै
अमेरिकाले टस जितेर अमेरिकाले पहिले ब्याटिङ गरिरहेको छ । यसअघि युगाण्डालाई पहिलो खेलमा युगाण्डासंग २० रनले हारेपनि दोश्रो खेलमा बर्मुडालाई ६ विकेटले हराउन सफल नेपालले तेस्रो खेलमा हिजो सिंगापुरलाई हराएको थियो । २ खेल जितेको नेपाल अंक तालिकाको दोश्रो स्थानमा छ । अमेरिकाले ३ खेलमा १ खेल मात्र जितेको छ । नेपालले अमेरिकालाई हराउन सके डिभिजन टूमा बढुवा हुने संभावना बलियो हुने छ । प्रतियोगिताको शीर्ष २ मा अटाउने टोली डिभिजन टूमा बढुवा हुनेछन् । www.ratopati.com

