कोरियामा नेपाली काम गर्ने कम्पनीमा आगलागी

मिनप्रकाश उप्रेती
सउल । दक्षिण कोरियामा नेपालीकाम गर्ने एक कम्पनीमा आगलागी भएको छ ।
राजधानी सउलबाट करिव ८० किलोमिटरको दुरीमा रहो यन्जुस्थित दुक यो प्लास्टिक र रबर कम्पनीमा बुधवार अपरान्ह ३ बजे आगलागी भएको  हो ।
उक्त कम्पनीमा १९ जाना नेपाली कार्यरथ रहेको  कृष्ण गुल्मेलीले बताए । आगलागीमा दुई जाना कोरियन समान्य  घाइते भएका छन्  भने सबै नेपालीहरू सकुशल छन् ।
आगो सल्किएको थाहा भएन एक्कसी धुवाको मुस्लोमात्र देखिएपछि भागदैाड मच्चियो । ज्यान बच्ला जस्तो लागेको थिएन तर बचिँयो-गुल्मेलीले भनेका छन् ।
बिजुलीको  को तार सट भएर आगलागी भएको बताइएको छ । उक्त कम्पनीमा १९ जाना नेपाली सहित १३० जाना  कार्यरत थिए ।
- See www.onlinekhabar.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस