यी हुन् सर्वाधिक सेक्सी
काठमाडौ, आश्विन २९ - महिलाको सुन्दरताका विषयमा संसारमा थुप्रै अवार्ड, उपाधि र सम्मान खडा गरिएका छन् । सुन्दरतालाई बोल्ड, सेक्सी वा यस्तै समानान्तर नाम दिएर पनि सूची तयार पार्ने थुप्रै संस्था वा मिडिया छन् । तिनैमध्येको 'स्क्वायर' म्यागजिनले पनि हरेक वर्ष सर्वाधिक सेक्सी महिलाको सूची सार्वजनिक गर्ने गर्छ । उक्त म्यागजिनले यस वर्ष स्पेनिस मोडेल तथा नायिका पेनेलोप क्रुजलाई जीवित महिलामध्ये सर्वाधिक सेक्सी घोषणा गरेको छ ।
अहिले पनि नाटकप्रतिको मोह रत्तीभर नघटेको बताउने यी सुन्दरीले 'विक्की क्रिस्टिना बार्सिलोना' मा काम गर्दा अहिलेका पति पनि को-स्टार थिए । सन् २००७ मै 'म्याक्सिम' म्यागजिनको 'हट १००' सूचीको ५८ औं स्थानमा अटाएकी पेनेलोपलाई सोही वर्ष 'इम्पायर' म्यागजिनले पनि एक सय सेक्सिएस्ट मुभी स्टारमा समेटेको थियो ।
'स्क्वायर'ले लेखेको छ, 'दुई दशकभन्दा बढी सार्वजनिक जीवन बिताइसक्दा पनि पेनेलोपले आफ्नो सुन्दरतालाई बचाइराख्नु एउटा चमत्कार नै हो ।' कान्तिपुर

