९ मिनेट भगवानसँग कुरा गरेर फर्किने महिला यस्ती...(फोटोसहित)
अस्पतालमा चिकित्सकले मरेको घोषणा गरेकी एक महिला ९ मिनेटपछि पुनः जिवित भएकी छिन् ।
उनी चिकित्सकको भाषामा पूर्ण रूपमा मृत घोषित भएकी ती महिला करिब ९ मिनेटपछी उठ्दा चिकित्सक लगायत ती महिलाका आफन्त र वरपर रहेका सबै चकित भए ।
तर, अब भने उनलाई भगावान् विश्वास लागेको बताउँदै उनले आफूले अस्पतालमा आँखा बन्द गरेपछी आफू स्वर्ग पुगेको बताएकी छिन् । उनी स्वर्ग पुग्दा दुई परीसँग भेट भएको र उनीहरू पृथ्वीमा देखिएका जस्ता भने कत्ति पनि थिएनन् । केहि समयपछी भगवानले आफूलाई दर्शन दिएको र उनी पनि पृथ्वीका सामान्य मानिस जस्ता थिएनन् । उनले मानिसजस्तै रूपमा नभएपनि ती भगवाननै भएको र उनीहरुसँग कुरा गर्न कुनै शब्द निकाल्नुपर्ने आवश्यकता नै नभएको बताएका छिन् । उनले आफूले त्यहाँ रहँदा एक सानी केटीलाई खेलेको देखेको बताउँदै ती केटी आफू बलात्कृत हुनुभन्दा अगाडिको आफूजस्तै भएको बताएकी छिन् ।
आफूलाई भगवानले आफ्नो पति र ४ सन्तानकहाँ जान चाहन्छेस् भन्दा आफूले स्वर्गमै बस्न चाहेको बताएको उनको भनाई छ । तर, पछी आफ्नी आमाले अस्पताल बाहिरबाट बोलाएपछी भने आफ्नो इच्छा परिवर्तन भएको र आफूले भगवानलाई आफू पृथ्वीमा नै फर्किन चाहेको बताइन् । यसपछी आफू अस्पतालको बेडबाट उठेको बताइन् ।
उनको यो भनाईले अहिले सबैतिर हलचल नै ल्याइदिएको छ । सबै उनको चर्चामा व्यस्त हुन थालेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

