पपस्टार साकिरा फेरि आमा बन्ने........

कोलम्बिया : विश्वविख्यात कोलम्बियाली पपस्टार साकिरा पुन: आमा बन्ने भएकी छन्। यस वर्षको फिफा वल्र्ड कप समापनमा गीत गाएदेखि नै उनी गर्भवती भएको चर्चा चले पनि साकिराले कुनै प्रतिक्रिया दिएकी थिइनन्।


तर दोस्रो सन्तानको आमा बन्न लागेको र आफू त्यसका लागि उत्साहित भएको उनी स्वयम्ले पुष्टि गरेको समाचारस्रोतले जनाएको छ। उनी फुटबलर प्रेमी गेरार्ड पिकेबाट दोस्रो बच्चा जन्माउने तयारीमा छिन्।

'पिकेले मेरो व्यक्तिगत जीवनमा निकै ध्यान दिने गरेको छ', साकिराले भनेकी छन्, 'म हरेक काम गर्नुभन्दा अगाडि पिकेलाई सोध्ने गर्छु। रिहानासँग कान्ट रिमेम्बर टु फरगेटमा काम गर्दा पनि पिकेसँग अनुमति लिएकी थिएँ।' पिकेबाट साकिराले सन् २०१३ मा पहिलो सन्तानलाई जन्म दिएकी थिइन्।

 पतिले साकिरालाई अन्य पुरुषको साथ भिडियोमा काम गर्न नचाहेकाले पछिल्लो समय भिडियोमा नआएको जनाएकी छन्। पिकेभन्दा अगाडि उनी एन्टोनियो डिलारौसँग ११ वर्षे लामो सम्बन्धमा रहिन्। सन् २०११ को एन्टोनियो र साकिराको ब्रेकअप भएपछि पिकेसँग उनी लिभिङ टुगेदरमा रहेकी छन्।-एजेन्सी


 http://annapurnapost.com

,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस