झारफुक गर्न गएकी महिलालाई झुक्याएर बलात्कार

२६ असोज, विराटनगर ।

बिहे गरेको ५ वर्षसम्म सन्तान नभएपछि झारफुक गर्न पुगेकी एक महिलालाई झुक्याएर बलात्कार गरेको आरोपमा डाँगीहाट ४ का धामी धनबहादुर श्रेष्ठ पक्राउ परेका छन् ।


श्रेष्ठमाथि उपचारका लागि आएकी महिलालाई २१ असोजमा नशालु पदार्थ खुवाएर बेहोस बनाइ बलात्कार गरेको आरोप छ ।
श्रेष्ठलाई इलाका प्रहरी कार्यालय बेलबारीले २३ असोजमा पक्राउ गरी जर्वजस्ती करणी उद्योगमा मुद्दा चलाएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस