नेपालले अमेरिकालाई जित्यो

काठमाडौं-नेपाल विश्व क्रिकेट लिग डिभिजन ३ मा अमेरिकालाई १० रनले पराजित गरेको छ। मलेसियामा भइरहेको खेलमा वर्षाले खेल प्रभावित पारेपछि नेपाल डकवर्थ लुइस पद्धतिमा विजयी भएको हो। टस जितेको अमेरिकाले क्वालालम्पुर स्थित किनरारा ओवल मैदानमा निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय २३ रन बनाएको थियो।

जबाफमा नेपालले २२ ओभरमा १ विकेट गुमाई ७३ रन बनाएको समयमा खेल रोकिएपछि डकवर्थ लुइसको सहरामा नतिजा नेपालको पक्षमा आएको हो। वर्षाले खेल रोकिनु अगाडीको अन्तिम ३ बलमा सुवास खकुरेलले २ चौका प्रहार गर्नु अन्तमा नेपालको विजयको आधार बन्यो। सोमबार मात्र नेपाल र अमेरिका बीचको खेल वर्षाले अनिनिर्णत भएको थियो।
सुवास ८२ बलमा ४ चौका प्रहार गरी ४९ तथा उपकप्तान ज्ञानेन्द्र मल्ल ४७ बलमा २२ रन बनाई अविजित रहे। नरेश बुढाऐर पहिलो ओभरमै खाता नखोली आउट भएका थिए।


यससँगैं नेपाल ४ खेलमा ३ विजय हात पारी शीर्ष स्थानमा उक्लिएको छ र फाइनलमा पुग्दै डिभिजन २ मा उक्लेन पनि लगभग निश्चित भएको छ। युगान्डाको पनि ६ अंक छ तर नेपाल रन रेटमा अगाडी छ। मलेसियाको ४ अंक छ। नेपालले बुधबार मलेसियासँग खेल्दै छ। पहिलो खेलमा युगान्डासँग २० रनले हारेको नेपालले त्यसपछि बर्मुडा र सिंगापुरविरुद्ध विशाल विजय हात पार्दै राम्रो रन रेटमा अंक तालिकामा बसेको थियो
...............
काठमाडौं- अाइसिसी विश्व क्रिकेट डिभिजन तीनअन्तर्गत अहिले नेपाल र अमेरिकाबीचको खेल चलिरहँदा पानी परेपछि खेल रोकिएको छ। मलेसियाको क्वालालम्पुरस्थित किनरारा एकेडेमी अोभल मैदानमा टस जितेर ब्याटिङ गरेको अमेरिकाले नेपाललाई २ सय २४ रनको लक्ष्य प्रस्तुत गरेको छ। जवाफि ब्याटिङ गरिरहेको नेपालले २२ ‌ओभरको खेल सकिँदा १ विकेट गुमाउँदै ७३ रन जोडेको छ। डक वर्थ लुइस पद्धतीअनुसार वर्तमान अवस्थामा नेपाल ९ रनले अगाडि छ। यदि पानी परिरहेर खेल अवरुद्ध भएमा नेपाल विजयी घोषित हुनेछ।
-------
नेपाललाई अब ३५ ‌ओभरमा १ सय ७९ रन आवश्यक छ। अहिले सुवास खकुरेल र उपकप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा छन्। सुवासले ५३ बलमा २८ र ज्ञानेन्द्रले ३४ बलमा १५ रन हानेका छन्।
नेपालका ओपनर ब्याट्सम्यान नरेश बुढायर ३ बल खेलेर शुन्य रनमै क्याच आउट भएका हुन्।
---------
अमेरिकाले  निर्धारित ५‍० ओभरको खेलमा ९ विकेट गुमाउँदै २ सय २३ रन बनायो। अमेरिकाका लागि फहिद बबरले सर्वाधिक ५९ रन बनाए। उनले ११४ बल खेल्दै चार चौकासहित ५९ रन बनाएका हुन्। त्यस्तै अमेरिकाका लागि तिमिल पटेलले ३९, स्टिभन टेलरले ३६ र मोहम्मद घोसले अविजित २७ रन बनाए। घोसले १८ बलमा दुई छक्का र दुई चौका प्रहार गरे।
नेपालका लागि शक्ति गौचनले तीन र बसन्त रेग्मी र सागर पुनले दुई दुई विकेट लिए।
वर्षाका कारण अवरुद्ध हिजोको खेल अाज सुरुबाटै भएकाे हो। नेपाली टिममा अाज शरद भेषावकर छैनन्। उनकाे ठाउँमा अारिफ शेखलाई खेलाइएकाे छ।
- Nagarik news

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस