कोरियाको स्थानीय सरकारको राज्य सल्लाहाकारमा नियुक्त हुन सफल नेपालीको कथा
कोरियाको स्थानीय सरकारको राज्य सल्लाहाकारमा नियुक्त हुन सफल नेपालीको कथा
जसले कोरियामा नेपाली श्रमिकका पक्षमा लडे !
जीवनको अर्को नाम संघर्ष हो । संघर्षवाट नभागेकाहरु नै इतिहासमा सफल भएका छन् । त्यस्तै संघर्ष झेलेर सफलताको उचाई नाप्न सफल ब्यक्तित्व हुन यज्ञराज सुवेदी । नेपालमा मात्र नभएर पराईको मुलुकमा गएर पनि उनी संघर्ष गर्न सफल भए । ताप्लेजुङमा जन्मेका सुवेदी आजभोली कोरियन मिडियाहरुमा ठूलो दाजुका रुपमा चिनिने गरेका छन् । संघर्ष गदै बिश्वमानचित्रमा सफल अर्थतन्त्रका रुपमा परिचित्र राष्ट्र दक्षिण कोरियाको स्थानीय सरकारको राज्य सल्लाहाकारमा नियुक्त हुनसफल सुवेदी प्रबासीहरुको अधिकारका प्रवक्ताको रुपमा परिचीत छन् ।
दक्षिण कोरियामा हाल रहेका २६ हजार नेपालीको बीचमा यही रुपमा परिचित छन् सुवेदी । सरस्वती बहुमुखी क्याम्पस ठमेलबाट स्नातकतह सम्मको अध्ययन गरी सन् १९९६ अक्टोबर १० मा औद्योगिक परिक्षार्थीका नाममा एजेन्सीमार्फत दक्षिणकोरिया आईपुगेका हुन् सुवेदी । उनले नयाँ आत्मिक सोच र यो सोचलाई ब्यबहारमा कसरी ल्याउँने भन्ने बिषयमा थेओलोजी र मानवशास्त्रको बिषयमा उच्च शिक्षा समेत लिएका छन् । जस्तोसुकै कठिन घडीमा पनि मुस्कुराउँन सक्छन् सवेदी । कोरीया प्रवेशका सुरुवाती दिन निकै कष्टपुर्ण भएपनि त्यसलाई उनले सहज रुपमा झेल्न सके ।
आज ति कष्ट विगत भए तर पनि ती घुमिरहेछन् मानसपटलमा क्यामराको रिलसरी । कथा जस्तो लाग्ने प्रबासी नेपालीहरुको पिडा उनले कोरीया पुगेपछि आफैंले भोगे । संकटले समाधान खोज्छ भनेझैं आफनो जीवनमा संकट परेपछि उनले त्यसलाई सहेर बस्न चाहेनन् । कोरीयाको कष्टले सुबेदीलाई सन् २००१ देखि कोरियामा रहेका बिभिन्न संघ संस्थासँग मिलेर प्रबासीको हकहित र सामाजिक सुरक्षाको बिषयमा आवाज बुलन्द गर्न बाध्य बनायो । उनको आवाजको वुलन्दिसँगै तर्सेको कोरियन रकारले कडा चेतावनी दियो तापनि आत्तिएनन्,किनकी उनी बैधानीक आप्रवासी थिए । उनले नौ बर्षसम्म प्रबासीको हकहितको निम्ति आवाज उठाईरहे । कोरियन सरकार उनको कदमलाई रोक्न चाहन्थ्यो । पछि सरकारले सुबेदीलाई दुईवटा शर्त राख्यो ‘कि कोरियाको स्थायी बासिन्दा हुानुपर्ने, या कोरिया छोड्नुपर्ने ।’
यो सरकारी सर्तले उनको जीवनमा झन ठूलो उतारचढाब आयो । उनलाई प्रवासी नेपालीहरुले सुझाव दिए ‘लामो समय प्रबासीको हकहितका निम्ति संघर्ष गर्दा प्राप्त उपलब्धिलाई बैधानीकता दिन पछि पर्नु हुँदैन ।’ अनि सुवेदीले २००९ मा कोरियन नागरिकता लिए । ‘बिमारी भएका, समयमा तलब नपाएका, कम्पनिले अत्याचार गरेका नेपालीहरु म कहाँ आउँदा भावुक हुन्छु ।’ सुवेदीले भने । उनि थप्छन् ‘त्यस्तो वेला आफुले आफैलाई सम्हाल्नै सक्दिन् अनी जिबनको अन्तिम घडिमा रुदै आएका मित्रहरु हाँस्दै फर्कीए भने म आफुलाई भाग्यमानी सम्झिन्छु ।’ पंतिकार सँग कुरा गरिहँदा उनको मोबाईलको घण्टी बज्यो । नेपाली नै थिए संकटमा परेका । उनले आफुलाई भेट्न आग्रह गरे । उनमा कतै बितृष्णा देखिंदैन ।
उनले कोरियामै पहिलो प्रबासीहरुको सामाजिक संस्था ‘किम्हे माईग्रेण्ट हाउस’ दर्तागरेका छन् । सन् २०१२ देखि संचालनमा आएको सो संस्थाले बार्षिक सरदर बिमारी भएका,समयमा तलब नपाएका,काम नभएका हरुलाई सेवा दिने गरेको छ । सुवेदीको कार्यको प्रशंशा गदै गतबर्ष कोरियन एक्सचेन्ज बैकंले पचासलाख वन बराबरको प्रबासी पुरस्कार प्रदान गरेको थियो । ‘म आज कोरियन नागरिक भएपनि मेरो मन मुटु सबैमा नेपाल छ, म जे गर्छु नेपालीकै शिर ठाडो पार्नका लागि गर्छु,’ सुवेदिले भने ।
सुवेदिले झापा,मकवानपुर र नुवाकोटमा बिद्यालय र पुस्तकालय स्थापनाका लागी कोरियनहरुसँग सहयोग जुटाईदिएका रहेछन् । अझै दुर्गम भेगका बिद्यालयहरुमा पनि सहयोगका निम्ति दाताहरुसाग सरसल्लाह हुँदै गरेको उनले बताए । नेपाली दुतावास दक्षिण कोरियाका उपनियोग प्रमुख राजाराम बर्तौलाले पनि सुबेदीले गरेका कामको प्रसंसा गरे । सुवेदिले भने ‘कोरियामा यसरी नेपालीलाई गरिने सेवा,माया,स्नेह कि भगवानले गर्छन कि यज्ञराज सुबेदीले ।’ कोरियामा रहेका सवै नेपालीहरुले उनको प्रसंसा गर्छन । प्रवासी नेपालीको दु:खमा मलम पट्टि लगाउँदै आएका सुवेदिले कहिल्यै लोभ गरेनन् । कोरिया आउँनका लागि रोजगार प्रक्रिया प्रणाली आफैमा अपुर्ण रहेको भन्दै सुवेदिले कोरियनहरुको कामदारप्रतिको दृष्टिकोणनै नेपाली पिडीत हुनुको कारण रहेको बताए । - See more at: ratopati.com

