होस् गर्नुहोस फेसबुक चलाउँदा .......
२ कार्तिक, काठमाडौँ ।
घटना १
'याहु... म घरमा आज एक्लै छु। बुबा-ममि सबै बाहिर। आज घरमै मस्ती गरिने भइयो।'
घटना दुई
कतिपय किशोर-किशोरीमा आफ्नो मिल्ने साथीलाई फेसकु पासवर्ड आदानप्रदान गर्ने बानी छ। यही बानीका कारण राजधानीकै एक उच्च घरानाकी किशोरी नराम्ररी फसिन्। ति किशोरले गर्लफ्रेन्डको फोटो, नाम र उनको फोन नम्बर राखेर फेसबुक पेजमार्फत 'सेक्स वर्कर' बनाइदिए।
घटना तीन
उपत्यकाकै एक नामी प्लसटुमा पढ्ने एक युवकले सूचना प्रविधिको दुरूपयोग गर्दै एक ग्राहकको बैक एकाउन्ट ह्याक गरेर सबै रकम झिके।
महानगरीय प्रहरी अपराध महाशाखा, साइबर अपराध अनुसन्धान सेलका प्रमुख प्रहरी निरीक्षक पशुपतिकुमार राय सूचना प्रविधिको दुरूपयोगले बढ्दो साइबर क्राइमका फेहरिस्त सुनाउँदै थिए, माइतिघरस्थित सेन्ट जेभियर्स कलेजका विद्यार्थीलाई एसेम्ब्ली समयमा।
घटना सुनेर विद्यार्थीहरू जिब्रो टोकिरहेका थिए। फेसबुकलगायत सञ्जालमा जथाभाबी स्टाटस लेख्ने, जिस्कने, नजिकका साथीलाई पासवर्ड आदानप्रदान गर्नेजस्ता आफ्नै प्रवृत्ति सम्झेर उनीहरू झसङ्ग भए-कसो फसिएन। आजको नागरिक दैनिकमा खबर छापिएको छ।
nepaliheadlines.com

