सुनकोशी नदीमा जीप खस्यो, दुईको मृत्यु ,७ जना घाइते...
काठमाडौ, २१ असोज । उदयपूरको घुर्मीबाट काठमाडौंतर्फ आउदै गरेको जीप रिठ्ठे भीरबाट सुनकोशी नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।
ना १ ज ३७८९ नम्बरको जीप सडकबाट झण्डै ६० मिटर तल नदीमा खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु भएकाहरुको खनाखत हुन सकेको छैन ।
घाइतेहरुको उद्धार गरी अस्पताल लगिदैछ । उद्धार कार्य अहिले पनि जारी छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुस

