श्रीमानले नै गरे श्रीमतीको हत्या

कात्तिक, पाँचथर ।


पञ्चमी–१ गोपेटारका एक व्यक्तिले कुटपिट गरी आफ्नी श्रीमतीको आज हत्या गरेका छन् ।
आपसी विवादका क्रममा अभियुक्त अन्दाजी ५६ वर्षका मदनबहादुर राईले ५९ वर्षीया श्रीमती चन्द्रमायालाई कुटपिट गरी हत्या गरेका हुन् । शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ ।
राई फरार रहेकाले खोजी गरिएको प्रहरीले जनाएको छ । रासस
nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस