अरिंगालले टोक्दा ज्यान गयो
खोटाङ : अरिंगालको टोकाइबाट खोटाङमा एक वृद्धको ज्यान गएको छ। गोरुलाई घाँस हाल्न गएको समयमा अरिंगालले टोक्दा बास्पानी-७ का ६५ वर्षीय वीरदैत्ते गुरुङको ज्यान गएको हो।घरदेखि केही पर बाँधेर राखिएको गोरुलाई घाँस हाल्न गएका गुरुङलाई बुधबार अरिंगालको गोलो खनिएर टोकेको स्थानीय कुमार खड्काले बताए। खड्काका अनुसार अरिंगालको टोकाइबाट गम्भीर घाइते बनेका गुरुङको बिहीबार बिहान ज्यान गएको हो।
गोला भुइँमा झरेपछि निस्केका अरिंगालको टोकाइबाट ज्यान गुमाएका गुरुङको स्थानीय राजनीतिक दलको रोहबरमा दाहसंस्कार गरिएको जनाइएको छ। अन्नपूर्णपोस्ट

