एभरेष्ट फाइनान्सले सेयरधनीलार्इ १० प्रतिशत लाभांश दिने

भैरहवा । एभरेष्ट फाइनान्स लिमिटेडको १२औं वाषिर्क साधारणसभाबाट सेयरधनीलार्इ १० प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७०/०७१ को नाफाबाट सेयरधनीलाइ लाभांश वितरण

गर्ने निर्णय गरेको हो । संस्थाका अध्यक्ष डा.गोबिन्द बल्लभ भट्ट, सस्थापक धर्मराज श्रेष्ठ, साधारण सेयरधनी तथा सिद्धार्थ फाइनान्सका प्रमुख कार्यकारी अधिकृत बाबुकाजी शाक्य लगायतले एभरेष्ट फाइनान्सले यस क्षेत्रमा निर्बाह गरेको वित्तीय कृयाकलापका बारेमा चर्चा गरेका थिए । फाइनान्सको असोज मसान्तसम्म ७९ करोड रुपैयाँ निक्षेप संकलन गरी ६८ करोड रुपैयाँ कर्जा लगानी गर्न सफल भएको छ । फाइनान्सको चुक्ता पुँजी १० करोड ९३ लाख ३९ हजार रुपैयाँ रहेको छ ।http://www.businesssansar.com/

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस